Posts

Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

interesting nepali story 19

Image
                                                                   *The English version of the story is available at the page end. लघुकथा   –  दिन   – श्रीराम राई  – जे परे पनि नरिसाउनस् । जोडी भाँडिए दशा लाग्छ  – मन पराएर कुरा राख्नुभयो । मैले पनि नाइँ भन्न सकिन । अहिले किन यस्तो गर्नुहुन्छ ?   – सम्धीसम्धिनी हुने दिन नजिकिँदै छ । अलिक होसको दबाई खानुस् है  – मान्छेको सयौं शत्रु, सयौं मित्रु हुन्छन् । दुनियाँको खाइस हुनु हुँदैन । – बरु थेग्न सक्नु हुन्न भने परै रमाउनुस् । घरै बस्नुपर्छ भन्दिनँ म ।       सिइपाबाट अनुरोध ओइरिन्थे । – छोरा मान्छे भनेका पित्ले भाँडा हुन्, जति मस्कायो उति चम्किने । – तीजमा झैं सधैं मन दुखाएर के गर्नु ? बरु, चूपचाप बसे बेस । – खान पाकै छ, लाउन पाकै छ । यति भए के चाहियो ? घबुअ श्रीमतीको वचन भुइँमा खस्न दिँदैन थिए ।  साँढेझै मनपरी गर्ने क्रममा घबुअ जेलमा जाकिए । मुद्दामामिलामा फसे अनि सडकमा खसे । अचेल घबुअ बर्बराउँदै छ, ‘घरमा ढंगकी छोरी मान्छे नभएपछि यस्तै हुँदो रैछ । पहिले इमानको घरमा मुसा रुन्थ्यो । अहिले कैको दुख छैन । लच्छिनकी श्रीमती परिछ । मेरी त मुखाले

Interesting nepali story 18

Image
लघुकथा : पसिनाको कमाई शुक्रराज कुंवर                   "बुवा हजार रुपियां दिनुन चाहिएको छ " । एक बिहान रबिनले बुवा संग अनुरोध गर्यो । " फेरि किन चाहिय‍‍ो हजार रुपियां " ? " चाहिएको छ क्या साथीहरु पिकनिक जौं भन्दैछन् । पोह‍र साल पनि गइन "। " हजार रुपियां छैन म संग अहिले । ला यो पांच सय रुपियां " रबिनको  हातमा थमाई दिदै रामबहादुरले भन्यो । " अरु पांच सय थपि दिनुन " " छैन भन्छु त ... कहाँ बाट ल्याएर दिनु मैले अरु पांच सय " ? " ह्या ... जहिले यस्तै । चाहिदैन भो तपाईक‍ो यो पांच सय "। रबिनले अावेशमा अाएर हातमा भएको त्यो पांच सय पनि भुंईतिर फ्यांकि दिदै बाहिर निक्ल्यो फटाफट । " के भाको यो केटो " रामबहादुर जिल्ल पर्यो र पैसा टिपेर निन्यउर‍ो मुख पार्दै त्यतै छेउ कुना तिर राखेको नाम्लो कांधमा राख्यो र कामको खोजीमा बाहिर निस्क्यो उ पनि ।  उसका लागि अाज दिन ठिक थिएन । दिनभरीमा जम्मा पांच सय मात्र कमाइ भएछ । सांझ पर्न लागेको थियो । रुखोसुखो खाएर बिहानै घरबाट निक्लेको उसलाई निकै भोक लागेको थियो , केही खान होटल तिर पस्न ख

Shortstory17

Image
लघुकथा : श्री ३ को फरमान ।                 मदन पराजुली                 पशुपति  दर्शनका लागि श्री ३ महाराजाको बग्गी गौशाला अगाडि पुगेर रोकिएको थियो । लगत्तै केही मोटर गाडीहरु पनि पुगे । राजखानदानको ठूलै लर्को अगाडि बढ्यो । सिपाहीहरुले मूलबाटो खाली गराइसकेका थिए । बाटोको दायाँबायाँबाट जयजयकारका नारा लाग्दै थिए । " छि : ! , छि; ! , खित ! , घुं ...क ! " आदि स्वर सुनिए ! सवारी भित्रैबाट । बाटो छेउ नागाबाबाहरुको लर्को खडा थियो । रानीसाहेव , सुसारेहरु नाकमुख छोपेर हिड्दै थिए । श्री ३  को निधारमा गांठो पर्‍यो । रोकिएर आदेश भयो " सम्पूर्ण नागाबाबाहरुलाइ भोलि सांझ दरवारमा भोजनको लागि निमन्त्रणा दिनु !"                                 #                                    #                                # " सबै केटीहरुले गलाखुलेको ब्लाउज र नाइलनको पेटीकोट मात्र लगाउने र नागाबाबाहरुलाइ भोजन टक्र्याउने !" नागाबाबाहरु भोजनको लागि खलंगामा लहर बस्नु अगावै श्री ३ को आदेश भएको थियो ।                        लाल ब्लाउज र लाल पेटीकोट्मा  शर्मले लाल कपोल भएका बालाहरुले लहरमा बस

interesting things while scrolling down

Image
राजनीतिमा_प्रवेश_गरेछ_कोरोनाले_हिजोबाट। बल्ल कोरोनाले सहि बाटो पायेछ। ६०१ पछि मलाई लागेनि केहि फरक पर्दैन। तर नेपालि जनतालाई नलागोस। चुरोटबिना हामी बाँच्न सक्छौ, फेरि पनि चुरोट बनाउने करोडपती । रक्सि बिना हामी बाँच्न सक्छौ, फेरि पनि रक्सी बनाउने करोडपती । तम्बाकु बिना हामी बाँच्न सक्छौ, फेरि पनि तम्बाकु बनाउने करोडपती । मोबाइल बिना हामी बाँच्न सक्छौ, फेरि पनि मोबाइल बनाउने करोडपती । तर एउटा भयानक र दर्दनाक अकाट्य सत्य : अन्न बिना हामी कहिल्यै बाँच्न सक्दैनौ तर अन्न उत्पादन गर्ने किसान किन जहिल्यै गरीबको गरीब र दरिद्रको दरिद्रै ? _______________________________________ झल्लुहरु !!  समय छौन्जेल लुडो खेलेर बसे अहिले माहामारी सग लड्ने बेलामा सिमानामा अड्किए। नक्सा जारी भयो अब कोरोना सङ लड्ने हो कि?  बाचे सिमाना हो। मरे कुन्निके सित्ति। ________________________________________ आगामी आवमा राजस्व बढ्ने सम्भावना छैन, वैदेशिक सहयोगमा पनि भारी गिरावट आउन सक्छ भने आन्तरिक ऋणले कति नै धन्न सक्ला र! यस्तो अवस्थामा संसदको अर्थ समितिले १७ खर्बको बजेट ल्याउन सुझाव दिएछ। स्रोतबिनाको ठूलो बजेट ल्याएर बह

Shortstory16

Image
लघुकथा : बाेली                अर्जुन थापा      "हजुरको यो दिन दिनैको नाैटंकी देखि हैरान भैसके। घरि ब्यापारी बन्नु पर्ने । घरि यो घरि त्यो। यो घर हो नि हजुरको अखडा होइन नि ।" आईफोनमा सेल्फीका लागि तयार हुँदै भन्छिन श्रीमती।      "किन रिसाउंछयाै प्यारी ! यो लकडाउन भए देखि त घन्टाैै तिम्रो पछाडि बसेर टिकटककोलागी टाउको हल्लाउँदै बसेको पनि छु नि।" आफू भए तिर तान्दै।      "ल भयो भयो ! हजुरको सिको गरेर त छोरो पनि हरेक कुरामा मोलमोलाइ गर्ने भएको छ मसँग।" लगाई रहेको चोलोलाई अलिक तल तान्दै ऐना अगाडि ।     "हेर बुढी ! तिमीले बर्सेनि फेर्ने नयाँ फोन । यो सान।काठमाडौंमा यति ठूलो घर आदि,यही बोलीले गर्दा त हो नि। लकडाउन भयो भन्दैमा घरमा चुप लागेर बस्यो भने त पछि ब्यापार चौपट् भई हाल्छ नि। आफूलाइ निखार्न त काम जति बेला पनि गर्नु पर्छ। यति छाेटाे समयमा अफूभन्दा बलियालाई पछारेर मन्त्री भएको के यहि बोली र दिमागले होइन र मन्त्रीनी ज्यू ।" मस्किदै बुढीको गलामा माया गर्छ मन्त्री। लघुकथा : प्रयत्न                 मदन पराजुली                अन्त्यकालको ठहर भएपछी एक बृद्

Shortstory15

Short story: Jalae  Many spiders did not weave nets.  As soon as he saw the spider's web, he would clean it with a brush.  He hated spider webs.  Since the spider did not weave a web, he did not have to hate the spider.  Dandapani was a great social worker.  After winning the last election, he became a minister.  His social workers found him more resilient.  He was very kind.  By his grace, national / international brokers from various fields joined his social service campaign.  In a short time, his social work, which was limited to small tails, found a way to spread across the country.  His social service news kept coming in the national media every day.  The taste of his social service was also spread in the media.  Leaders and cadres of the party who took full advantage of his social service did not hesitate to applaud him.  The relatives are very different.  The business of selling his name and making millions was already going on.  He was the chief guest at the relief distribu

Shortstory14

Short story: Error?                                                  This time Surendra's in-laws had gone after a long time!  I was very happy.  The yearlings, including Vallopallo's house, were surrounded by fun until they got hold of the chocolate, after which they gave some advice and disappeared like a bird.  "It's all right, old lady! Today the son-in-law has to feed the king with vegetables!"  "I made up my mind to laugh!"  Mother-in-law filled us.                    Father-in-law was fond of it.  Being a hunter of his time, he is a secret lover of deer and weasel!  Even though he is not walking now, he used to come to the college, Pura Koseli, from the lake because of his old friends.  There must have been something like that!  For when the son-in-law arrives !!                     There was a call in the kitchen in the evening.  As usual, half a dozen bronze bowls, lentils and vegetables, honey in a brass vertical glass, and milk in bohota aroun