Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

Shortstory16




लघुकथा : बाेली
               अर्जुन थापा

     "हजुरको यो दिन दिनैको नाैटंकी देखि हैरान भैसके। घरि ब्यापारी बन्नु पर्ने । घरि यो घरि त्यो। यो घर हो नि हजुरको अखडा होइन नि ।" आईफोनमा सेल्फीका लागि तयार हुँदै भन्छिन श्रीमती।
     "किन रिसाउंछयाै प्यारी ! यो लकडाउन भए देखि त घन्टाैै तिम्रो पछाडि बसेर टिकटककोलागी टाउको हल्लाउँदै बसेको पनि छु नि।" आफू भए तिर तान्दै।
     "ल भयो भयो ! हजुरको सिको गरेर त छोरो पनि हरेक कुरामा मोलमोलाइ गर्ने भएको छ मसँग।" लगाई रहेको चोलोलाई अलिक तल तान्दै ऐना अगाडि ।
    "हेर बुढी ! तिमीले बर्सेनि फेर्ने नयाँ फोन । यो सान।काठमाडौंमा यति ठूलो घर आदि,यही बोलीले गर्दा त हो नि।
लकडाउन भयो भन्दैमा घरमा चुप लागेर बस्यो भने त पछि ब्यापार चौपट् भई हाल्छ नि। आफूलाइ निखार्न त काम जति बेला पनि गर्नु पर्छ। यति छाेटाे समयमा अफूभन्दा बलियालाई पछारेर मन्त्री भएको के यहि बोली र दिमागले होइन र मन्त्रीनी ज्यू ।" मस्किदै बुढीको गलामा माया गर्छ मन्त्री।

लघुकथा : प्रयत्न 
               मदन पराजुली

               अन्त्यकालको ठहर भएपछी एक बृद्द जलाश्रय लगिएका थिए । मुख हेर्ने आफन्त र नातेदारहरुको बाक्लै उपस्थिती थियो । केही खाने मन छ कि ? केही इच्छ्या बाकी छ की ? भनेर बेलाबेलामा सोध्ने गर्थे ,  बुढा इन्कार गर्थे ! सोध्नेहरु अलि पर भएपछी भने बुढाको आखिरी घिड्को केही न केही बांकी छ ! त्यही भएर छोड्न नसकेको हो ! भन्थे । बुढाको बक्य बसिसकेको थिएन । बिस्तारै सानो स्वरमा भेट्न आउने संग दोहोरै कुरा गर्थे ।

                  ठिक यहि अवस्था नदिको  पारीपट्टी जलाश्रयमा राखिएकी बृद्दाको थियो । 

" बा ! केही इच्छ्या छ कि ?" जेठो छोराले बाउलाइ यो समेत बिसौं पल्ट सोध्यो ।

" परान जानुभन्दा अगाडि एकपल्ट बिहा गर्ने मन थियो ! जा त ! त्यो पारी जलाश्रयमा राखेकी बुढी मलाइ दिन्थे कि ? सोधिहेर !"

                      बुढाको इच्छ्या सुनेर त्यहा खैलाबैला मच्चियो । 

"मर्ने बेलामा केहो यो ? कस्तो इच्छ्या हो यो ?" कसै कसैले अलि पछाडी बसेर " खेर गएको बुढो ! पापी बूढो ! " आदि भन्न भ्याए । जे भएपनि सोधिहालियो ! बुढाले मन तेस्तै देखाए ! गएर भनौन त एकचोटि ! यस्तै सोचेर केही मान्छे गएर बुढीका छोरा संग कुरा राखे । तेता खैलाबैला भयो । उल्लिबिल्लि पारे , कुटौला जस्तै गरे । तेताबाट अपमानित भएका आफन्तहरु कुरा मिलेन भन्न बुढा भएको ठाउंमा आइपुगे ।

                      एकघण्टा जति अरु बित्यो । "केही इच्छ्या छ कि ?" छोरो सोध्न पुग्यो ।
" मलाइ त एकचोटि बिहा गर्ने नै मन थियो । बुढी मरीसकेकी छैन ! जाओ त सोध ! अब त  दिन्थे कि ?"

                        सोधिपासो भयो । कोहि दुखित , कोहि मनमनै आक्रोसित भए । " सोधौ एकपल्ट । उताको जवाफ पाइएकै छ । आएर भएन भनिदिउला ! " सोध्न गए । आफ्नो लाचारी र वाध्यता देखाए । उताबाट कुरा सुनिसकेपछी अघिको जस्तो आक्रामकता देखाइएन । शिष्टता पूर्वक इन्कारी भयो । त्यहिकुरा आएर उनिहरुले बुढालाइ बताए ।

                       "बुढाले फेरि बिहा गर्ने मन छ ! " भन्ने हुन कि ? भनेर डराएर अर्को एक घण्टा सम्म कोहि उनको इच्छ्या सोध्न  त के नजिकै गएन । तेसपछी भने राम्रो राख्न मात्रै भए पनि अर्को छोरोले बुढासंग इच्छ्या सोध्न पुग्यो । बुढाले उही इच्छ्या दोहोर्‍याए ।

                        यस पटक थोरै हसिलो मुखले परैबाट नमस्कार गर्दै छोराहरु बुढीका छोराहरु संग आफ्ना बाउको इच्छ्या , आफ्नो वाध्यता र लाचारी प्रकट गर्न पुगे । यो पटक भने त्यहाको माहौल नै अर्को बनिसकेको थियो । भेट गर्दागर्दा सबै परिचित बनिसकेका थिए ।

" यो मर्ने बेलामा अरुथोक केही हुनेवाला त छैन । पितृ भैसकेका बृद्द हुन । यत्तिले गर्दा प्राण जान नसकेको हो भने के फरक पर्ला ? गरिदिउं बिहा ! हामीलाइ पनि पितृको सेवा गरेवापत धर्म नै होला ! समय पनि बिताउनु छ । हामी पनि जाम ! बुढाको खुसी भएको अनुहार हेरौला ।"

                         दुवै पक्ष खुसीको खवर सुनाउन बुढालाइ सुताएको ठाउँमा पुगे । नभन्दै बुढाको मुख हसिलो देखियो । दुवैहात उठाएर सबैलाइ आशीर्वाद दिए ।

" म मर्न लागेको बुढालाइ बिहाको तिर्सना किन हुन्थ्यो ?! मैले त अर्ती दिन खोजेको हो । चाहिएको कुरा  माग्न लाज नमान्नु , एक पटक दिएन भने पनि माग्न नछाड्नु , मन बद्लिन बेरलाग्दैन । हुनेले दिन पनि सक्छ । "
                            बुढा यसपछि खुसीखुसी ब्रह्मलिन भए । दुवैथरीले श्रद्धाञ्जली चढाए ।

(लोककथा)
२०७७ . २ .८
पोखरा, अर्चलबोट

लघुकथा
#चियापसल
दीपक लोहनी

साउनीले घ्यारर्र पार्दै सटर उचाली । अनि मेरो घर नजिको चियापसल बिहानै खुल्यो । बढारी । हल्लने काला दुई बेन्च टालोले पुछी ।  गाँठो पारिएको पर्दा फुकाली । पसलबाहिर गोलो टेवल राखी । टेवलमा प्रायोजित एक कम्पनीको भीमकाय छाता सिउरी । पाँचवटा मेच वरिपरी घुमाई । 

रेडियोमा लिपुलेक र लिम्पियाधुराको तातो बहस चलिरहेको थियो । साउनीले पुलुक्क ऐना हेरी । तल्लो ओठको लिबिष्टिकले हल्का सिमाना नाघेको थियो ।  टि-सर्टको मघ्ये भाग तन्काएर लिबिष्टिकको सिमाना मिलाई ।

अण्डा उसिन्नु थियो । उसिनी । दूध तताउनु थियो । तताई । डुनोटवालाले तीन पोका दुनोट ल्याइदियो । सजाई ।

ग्राहकहरू फाट्टफुट्ट आउन थाले । मेच ताने । चुरोट सल्काए । चियाको अडर दिए । 

म पनि बेला बखत  जान्थें । गएँ । साथीभाइहरू गफिरहेका थिए ।
मैले साथीहरूमा आँखा घुमाएँ । आत्मप्रशंसा, कुण्ठा, निराशा, घमण्ड, जालझेल, हिनताबोध सबै मज्जाले गफ चुटिरहेका थिए ।

लघुकथा : ज्योतिषीबा कि छोरीको बिहे :

     डिल्लि राज खनाल

गांउमा  दाहाल ज्योतिषी बा कि छोरी को बिहेको खुबै चर्चा हुन थाल्यो :
       '' यसपाली ज्योतोषी बाले छोरीको बिहे 
         गरे छन पत्तै पाइएन ''
       '' सबै छोरीहरुको बिहेमा बोलाए कान्छी
         छोरीको बिहेमा बोएनन्''
       ''  यसपलि गड्वुवा जोगियो ''
       '' हामी गोडाधुने दाजुभाइलाइ त बोआएनन् ''
       '' सांचि के थरीलाइ दिएछन् ?  ''
        '' भट्टराई लाइ दिएका अरे ?  ''
        '' अ ज्वाइले अगाडिको त्यो भट्ट चै लेख्न 
          छोडेको अरे ''



(भोलि नहोला भन्नसकिदैन )...
त्यो एक दिन...
अचानक ज्वरो आउछ ! घाँटी दुख्न थाल्छ ! श्वास फेर्न कठिन हुन्छ! वास्ना र स्वाद हराउँछ! आलस्य हुन्छ! टाउको दुख्छ! वाकवाकी लाग्छ...!! 
CORONA (COVID) टेस्ट गरिन्छ,
३ दिनसम्म लगतार तनावमा भएपछी, जब टेस्ट पोजेटिभ आउछ....
त्यसपछि एम्बुलेन्स घरमा आइपुग्छ...
अनि...
छिमेकीहरु झ्यालबाट तिमिलाई हेरिरहनेछन
कसैको तिमिप्रती सहानुभुती भएपनि
केही मनहरु तिमिप्रती हासिरहेका हुनेछन
एम्बुलेन्स सगँ आएका स्वास्थ्यकर्मीहरुले तिम्रा दैनिक प्रयोग गरिने सामाग्रीहरु र लुगा राख्नु भन्ने छन अनि...
बिचरा तिमी
घरवालाहरु तिमिलाइ एकोहोरो नियालिरहन्छन..
तिम्रा आखाहरु आँसु बोल्न थाल्नेछन
त्यातिखेर नै.......
"ल छिटो गर्नुस " आवाज आउछ,
एम्बुलेन्सको ढोका बन्द हुनेछ.... साइरन बज्न थाल्नेछ...
अनि त्यो टोल सिल गरिदिनेछ
अनि १४ दिनसम्म नितान्त एक्लै बस्न भनिनेछ..
२ छाक खाना त पाइएला, तर
TV, mobile सबै अदृश्य हुनेछन...
बन्द कोठाको पर्खालमा अतीत अनि भबिस्यको दृश्य  देखिन थाल्नेछन....
यदि तिमी ठिक भए त... ठिक...
त्यो पनि ३वटा टेस्ट रिपोर्ट नेगेटिभ आयोभने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनोहानी भयो भने
त्यो तिम्रो शरिरलाइ प्लास्टिकले रैप गरेर सिधै
शबदाहगृह पुर्याईने छ र....
सायद तिम्रा आफ्नाका लागि अन्तिम दर्शन सम्भब नहोला
मात्र परिवारलाइ एउटा डेथ सर्टिफिकेट...
खेल खत्तम

बिचरा गयो...... राम्रो मान्छे थियो
त्यसैले,
बिना कारण घर बाहिर ननिस्कौ
बाह्य जगतको मोह अनि कुरालाइ हल्का लिने बानी त्यागौं।
सम्झिनुहोस कि...
#जीवन_अनमोल_छ।
#त्यसैले_घरमै_बसौ_सुरक्षीत_बसौ।
त्यो दिन आउदैन भन्न सकिन्न

Comments

Post a Comment

Thanks for your concern. We would be very grateful to hear and respond you. ♥ ♥

Popular posts from this blog

मिठा नेपाली कथा 28