Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

मिठा नेपाली कथा 28



लघुकथा: जलन
उमा सिजापती

मेरो बालसखा युगेनको प्रगति देखेर दङ्ग थिएँ । अार्थिक स्थिति नाजुक भए पनि पढेर निक्कै प्रख्यात ईन्जिनियर भएको थियो । अाफ्नो पेशागत कामले भन्दा विपन्न वर्गका बालबालिकाहरुलाई पढाउने कामले चिनिन्थ्यो ।
ऊ जापानमा बसेर देशको सेवा गरिरहेको थियो । उसले मेरो म्यासेन्जरमा लेखेको थियो, "जुखुरी म नेपाल फर्किएँ नि! अब यहीं बस्छु ।"
उसको म्यासेजको उत्तर दिंदै लेखे, " ए हो र लुरे ? लु राम्रो गरिछस् ।"

"तलाई एउटा कुरा सुनाएर बोझ हल्का पार्नु छ, जसले गर्दा मेरो अन्तरमनमा जलन भईरहेको छ । पहिले कसैलाई सुनाउने आँट अाएन । फेरि तैंले लेख्न थालिछस् । तेरो लघुकथाको विषय पनि हुने भयो ।"
"म्यासेज गरेर पठा न त! के रैछ समय मिलाएर हेर्नेछु ।"
 "अोके।"

म अाफ्नै घरको काममा ब्यस्त हुन्छु । तर मन भने युगेनको बारेमा सोचिरहन्छ । के भयो होला त्यसलाई ? किन अरुलाई सुनाउएर मन हलुका पार्न सकेन । हतार हतार काम सकेर म्यासेज हेर्न थाले । उसले लेखेको थियो -"जब म शहर गएँ, कसैको घरमा काम गरेर पढ्न थालें । काम गर्ने घरमा मालिक्नी र छोरी थिए । मालिक यु.एस.ए. मा । मालिक्नी मसँग नजिक भईन् । यसको बद्ला उनले मेरो पढ्ने खर्च पूरा गरिदिन्थिन् ।"
 
मैले कतै सुनेथें, यस्तो पनि हुदोरहेछ । तर मेरै साथीको  भने थाहा थिएन । मैले उसलाई सोधे, "अामा जस्ती प्रेमिका भेटेकोमा खुसी थिस् तँ ?"
" म जस्तो पढ्ने अौकात नभएको गरीबको छोराको चिट्ठा नै लागेको भन्नू पर्छ । नत्र यो अहिलेको अवस्थामा हुने पनि थिईन ।"

"अनि...?"

"छोरी पनि नजिक हुन चाहिन् । नाईं भन्न सकिन । उमेर मिल्दो त ऊ थिईन । जे,जे अामाले सिकाईन् उनीलाई त्यही प्रयोग गरें । तर पछि छोरीले अामासँगको सम्बन्ध थाहा पाई । ऊ तुरुन्त मसँग बाट टाढा भागी, अामालाई कहिले नभन्ने कसम दिएर । तर अाज यो उमेरमा अाएर प्रायश्चित लागि रहेको छ ।"

यो म्यासेज देखेर उ प्रतिको सद्भाव मरेर गयो ।
"छि तँ र पशुमा के फरक भयो र ? फेरि यस्तो कथाले समाजमा के सन्देश दिन्छ र लेखुँ ?"
"हेर! समाज अादर्शमा मात्र चल्दैन । विकृति देखाउन सक्नु पनि साहित्यको एउटा पक्ष हो नि !"

"खुब तैंले जानिस् ।" रिप्लाई गरें ।तर यो कुरा पढेर मन भारी भएर अायो । अनेकौ कुराहरु खेल्न थाले । यस्तो लाई साथी के राख्नु, ब्लक गर्नु बेस लाग्यो । फेरि उसको म्यासेज अायो, "शिरिषको फूलमा सकम्बरीको फोटो अाफ्नै दाजु शिवराजले बोकेर हिड्नु हुने ? त्यस्ले के सन्देश दिएको थियो र ?"

बेलबारी- ४
मोरङ



लघुकथा :- हुन नसकेकी बुहारी
तिलक तारामी “रेशाली”
*******************
एउटा ठूलो संयुक्त परिवार थियो। एउटा छोराको बिहे गर्ने कुरा चलेको धेरै भयो। करिब दश वर्ष अघि नै एउटी अमेरिकी कन्या सॅंग उसको इन्गेजमेन्ट पनि भएको थियो।

तिनै कन्यालाई विना शर्त भित्र्याउने कि केही शर्तहरू परिमार्जन गरेर मात्र भित्र्याउने भन्ने बारे परिवारमा ठूलो बहस चल्यो। बुहारी स्वीकार्नको लागि ‘पारिवारिक संसद’ ले अनिवार्य पास गर्नुपर्थ्यो। माइति पक्ष शर्तहरु परिमार्जन गर्न तयार भएनन्।

पहिलो पक्षको तर्क थियो, “यथास्थितिमा बुहारी भित्र्याउनु पर्छ। बुहारी सँगै पचास अर्ब रुपैया दाइजो स्वरुप घर भित्रिन्छ। त्यो रकमले हाम्रो घरको मुहार फेरिने छ। घरको कुना काप्चा झिलिमिली हुनेछन्। घर परिवारलाई कुनै घाटा हुने छैन्।”

दोस्रो पक्षको तर्क थियो, “केही शर्तहरू परिमार्जन नगरी भित्र्याउनु हुन्न। नत्र भने उसले हाम्रो धर्म संस्कृति र रितिरिवाज मान्ने छैनिन्। नमस्ते गर्नुको साटो ससुरा र जेठाजुहरूलाई नि अंगालो हाल्ने छिन्। हाम्रो भाषा बोल्ने छैनिन्। माइति धर्मको प्रचार प्रसार गर्ने छिन्। आफ्नो सुरक्षा गर्न भन्दै माइतिबाट सुरक्षाकर्मी मगाउने छिन्। हाम्रो घरको नीति नियमहरू मान्ने छैनिन्।”

पहिलो पक्षले टेबल ठोक्दै त्यसको प्रतिवाद गर्न थाल्यो, “बुझ्दै नबुझी विरोध गर्ने? विरोध गर्नेहरु सबै अनपढ र गवाँर हुन्।”

दोस्रो पक्ष पनि पाखुरा सुर्कदै कुर्लिए, “बरू परिवार टुक्रिन सक्छ। हाम्रो घरको नीति नियम नमान्ने बुहारी कहिल्यै स्वीकार्न सकिन्न्।

जति तर्क वितर्क चले पनि परिवारमा सहमति जुट्न सकेन् । इन्गेजमेन्ट भैसकेकी अमेरिकी बुहारी भित्रिन सकिनन्। छोरो जिल्लियो। 

बुटवल-११, रुपन्देही
६ असार, २०७७ ।


लघुकथा : फूल
इन्दिरा प्रसाई
•••

'हजुर! आज बुढियाले सत्यनारायणको पूजा लाउँछु भनेकी छ, अलिकति फूल लगूँ कि ?' मालीले दुल्हैबज्यैसँग नम्र निवेदन गर्यो ।
 
'कस्तो कुरा गर्छ यो माली, अब यत्रो खर्च लाएर रोपेका फूल पनि पूजाआजा भनेर त्यसरी टिप्न थाल्यो भने त निमिट्यान्न हुँदैन । बाबुसाहेबलाई एउटा पनि फूल टिपेको मन पर्दैन । अब पूजा भनेर मागेपछि हुन्न भन्दा पनि पाप लाग्छ । पख् म आफैँ अलि आँखा नपर्ने ठाउँतिरको टिपेर दिन्छु ।' दुल्हैबज्यैले झर्किएर भनेकी थिइन् ।

त्यसको निकेबेरपछि गाह्रो मानीमानी दुल्हैबज्यैले ओइलाएका, सुक्न लागेका अलिकति फूल टिपेर मालीलाई दिएकी थिइन् । 
'हेर् माली ! मलाई यसरी फूल मागेको मन पर्दैन । अर्कोपटकदेखि नमागेस् । तँलाई तलबमा राखेपछि तैँले फूल माग्न मिल्दैन । किन्न पाइन्छ बजारमा, हामी पनि पूजामा किनेरै चढाउँछौँ ।'
त्यस दिन माली चुपचाप निहुरिएर आफ्ना घरतिर लागेको थियो । 

भोलिपल्ट : 
'दुल्हैबज्यै! दुल्हैबज्यै !' माली अत्तालिएर झन्नै चिच्याउँदै मूलढोकामा पुगेको थियो । 
'के भयो ? किन त्यसरी चिच्याएर मरेको' दुल्हैबज्यैले झर्केरै सोधेकी थिइन् । 
'फूल जम्मै लुछेको छ, बोटै निमिट्यान्न पारेर, हाँगा लछारपछार पार्दै कुन चोरले सबै फूलबारीकै सर्वनाश गरेको रै'छ ।' मालीले स्याँस्याँ हुँदै भन्यो । 
'के भन्छ यो, हिजो मैयाँसाहेबको स्कूलमा फेरवलपार्टी रहेछ । केको चोरले फूल लान्छ, मैयासा'बका साथी र मैयाँ साहेबले टिपेका थिए ।'
•••

लघुकथा: बाकाे काेट
- गिरिराज डल्लाकाेटी
==============
"बाका कपडाहरु के के कता कता छन् सबै खाेजेर बाहिर निकाल त ।" 
श्रीमानकाे अादेश पूरा गर्न उनी बाकाे काेठाभित्र छिरिन् । खासै के थियाे र बाकाे काेठामा त्यस्ताे । उहाँ सुत्ने गर्नुभएकाे अाेछ्यान उठाएर गुन्टा पारिन् । भित्ताकाे काँटीमा र ह्याङ्गरमा झुन्ड्याइएका लगाउने कपडाहरु बटुलेर एउटा झाेलामा हालिन् । पलङकाे टाउकामा भएका चारपाँचवटा टाेपीहरु पनि त्यही झाेलामा खाँदिन् । त्यसपछि उनी अाफ्नाे काेठामा गइन । बाका बाहिरफेर निस्कँदा लगाउने केही कपडाहरु उनकै काेठाकाे दराजमा थिए । दराज खाेलिन् र बाकाजति सबै कपडाहरु बाहिर निकालिन् । दराजभित्रै ह्याङ्गरमा टाँगिएकाे ट्वीटकाे राम्राे काेट उनकाे हातमा पर्याे ।

तीनवर्ष पहिले उनका श्रीमानले बाउकाे मुख हेर्दा घिउरङकाे भुइँ भएकाे त्याे काेठे काेट किनिदिएका थिए । तर बाले त्याे काेट कहिल्यै लाउनुभएकाे थिएन । मुख हेर्दा उनले त्याे लगाइदिन खाेजेका थिए । यति राम्राे काेट छ, हातमा पूजाथाली लिएकाे बेला के लगाउनु राताेपहेँलाे लाग्छ पछि लगाउँला भनेर त्याे बेला काेट काखमा मात्र लिनुभएकाे थियाे । यसलाई जतनसँग तिम्रै दराजमा राख भनेर उनीलाई नै दिनुभएको थियाे । हरेकपटक दराज खाेल्दा उनी त्याे काेट हेर्थिन्, छाम्थिन् र मनमनै भन्थिन् "यी बुढाले याे काेट कहिले लगाएर फटाउने खै । "

जाडाे मच्चिएकाे बेलामा याे काेट लगाउनुस् न भनेर दिँदा पनि बाले घरमा बस्दा लगाउने काेट हाे र याे, अरु स्वेटर ज्याकेटहरु छँदै  छन् नि भनेर लगाउनुभएन । गाँउटाेलमा र अाफन्तकाे बिहेव्रतबन्धमा लाउन दिँदा पनि अरु काेट छँदैछ नि भनेर लाउनुभएन । पाेहाेर साल उहाँकाे पचासीअाैँ जन्मदिवस मनाएकाे बेलामा पनि फाेहाेर हुन्छ भनेर लगाउन मान्नुभएन । यताउता इष्टमित्र कुटुम्बकहाँ जाँदा पनि सँधै गइरहेकाे ठाउँमा जाँदा किन यति राम्राे काेट लाउनुपर्याे र भनेर लगाउनुभएन । कहिल्यै नलगाए पनि बा उनीलाई बेलाबेला साेधिरहनुहुन्थ्याे काेट खुम्चिएकाे त छैन नि, भैँमा झरेकाे त छैन नि भनेर । कहिलेकाहीँ अाफैँ अाएर हेरेर छामेर जानुहुन्थ्याे ।

"एई, बाका कपडाहरु निकाल्न कति बेर लगाकी ? लास उठाउने बेला भैसक्याे ।" तलबाट अाएकाे श्रीमानकाे चर्काे स्वरले उनकाे तन्द्रा भङ्गभयाे । हातमा लिएकाे काेटमा उनकाे अाँशुकाे दाग बसिसकेकाेथियाे । झ्यालबाट बाहिर चियाइन्, पहेँलाे कपडामा बेरेर बाँसकाे खटियामा बाकाे लास तुलसीकाे मठछेउबाट उठ्ने तयारीमा थियाे । 

अरु मान्छेहरु अाएर बाका कपडाका गुन्टाझाेलाहरु लैजानथाले । दराजकाे ढाेका लगाउँदै गर्दा उनलाई दराजभित्रबाट बीसाैँ मेरिज एनिभर्सरीमा श्रीमानले दिएकाे तर कहिल्यै नलगाइकन साँचेर राखेकाे राताे रेशमकाे सारीले चिहाइरहेकाे थियाे ।

२०७७ अाषाढ ५, चितवन

लघुकथा :- परिचय
तिलक तारामी “रेशाली”
*******************
“म नेपाल सरकारको सडक विभागको एउटा इन्जिनियर। मेरो इज्जत धान्नको लागि पनि एउटा विदेशी गाडी चाहिन्छ।” रामलखनले धनियाको बुबा सँग भन्दै थियो।”

धनियाको बुबाले बिन्ति गर्दै थिए, “त्यसो नभन्नुहोस् हजुर। गाडी दिन सक्ने मेरो हैसियत नै छैन्। छोरी पढेलेखेकी छे। भविष्यमा आफै कमाउन सक्छे।”

“त्यति पनि दिन सक्नु हुन्न भने म हजुरकी छोरी सँग बिहे गर्न सक्दिन्।” रामलखन बोल्यो।

यी सबै कुरा धनियाले घर भित्रैबाट सुनिरहेकी थिई। ऊ तुरुन्तै बाहीर आई र रामलखनलाई मुख भरीको जवाफ फर्काई, “यस्ता मगन्ते सँग म पनि बिहे गर्दिन्।”

त्यस पछि तीन वर्षसम्म रामलखन गाडी दिन सक्ने ससुरालीको खोजीमा भौंतारियो। यसै क्रममा उसको एक आफन्तले रामप्यारीको प्रस्ताव ल्याए। उसले मागे जस्तै कार पाउने भयो। रामप्यारी पनि जिल्ला जनस्वास्थ्य कार्यालयमा जागिरे थिई।

धुमधामपूर्वक रामलखन र रामप्यारीको बिहे भयो। रामप्यारीकी कार्यालयको हाकिम पनि महिला नै थिइन्। उसले हाकिमलाई दिदी भनेर सम्बोधन गर्थी। बिहेमा उसले आफ्नो हाकिमलाई पनि निम्तो गरेकी थिई तर ऊ फिल्डमा भएकीले आउन सकिन्। रामप्यारी बिदा सकिए पछि कार्यालय जान थाली। 

हाकिमले उसलाई बोलाएर भनिन्, “ ल भोलि तिमी र ज्वाँई साप मेरो क्वाटरमा खाना खाने गरी आऊ है। ज्वाँई साप सॅंग हाम्रो परिचय गराउँदिनौं र?”

हाकिमले भने पछि रामप्यारीले नाई भन्ने कुरै भएन्। उसले खुशी हुॅंदै भनी, “हुन्छ नि दिदी। हजुरले बोलाए पछि त आइहाल्छौं नि।”

भोलिपल्ट रामलखन र रामप्यारी दाँइजोमा पाएको गाडी चढेर हाकिमको क्वाटरमा पुगे। रामलखन र उसकी हाकिम एक अर्कालाई देखेर झस्किए। दुबै जना चुपचाप थिए।

रामप्यारीले उनीहरूको परिचय गराउँदै थिई, “उहाँ धनिया दिदी! हाम्रो कार्यालयकी हाकिम। उहाँ मेरो श्रीमान रामलखन, सडक विभागको इन्जिनियर।”




लघुकथा : तमसुक
              मदन पराजुली 

               एक नया मोटर आएर गेट अगाडी रोकियो । नितान्त अपरिचित तीस बत्तीस वर्षको तन्नेरी बडो आत्मबिश्वास पूर्वक ओर्लेर  अगाडी आयो र हेमलाललाई खोज्यो । तमाखु निख्री सकेको हुनाले हुक्का छेउ लगाउदै बरण्डामा गलैचामा बसेको ब्यक्तिले भन्यो " म नै हुँ हेमलाल । भन्नोस मेरो लायक कुनै सेवा छ कि ?"

                तन्नेरीले खल्तीबाट पर्स निकाल्यो र बडा जतनसाथ एउटा ध्वासिएको पुरानो नेपाली कागज निकालेर हेमलालको अगाडी राख्दै भन्यो " झण्डै नब्बे वर्ष अगाडि मेरो जिजुले पाँच रुपैया रिन लिनु भएको तमसुक हो यो! हजुरको पनि हजुर बुवा संग । म बैभव हुं , पनाति ! तिर्न आएको हुँ !"

                यो गजव आश्चर्य थियो ! हेमलालले तमसुक लिएर पढ्यो । तन्नेरीको पुस्तैनी जान्न बेर लागेन । " म त जन्मेको पनि थिइन लेनदेन हुदा ! ईतिहास दोहरिदा रमाइलो लाग्यो । इतिहास भनेको इतिहास नै हो । पुराना लेनदेनका कागजपत्रहरु मैले जलाइदिई सकेको छु । केही बाकी  छैन । पर्दैन । खुसीसाथ फर्कनु भए हुन्छ । "

"जिजु बाले हजुर बाबालाइ र हजुर बाबाले बा लाई अन्त्य अवस्थामा पनि यो रिन तिर्न भन्नू भएको रैछ । अहिले बाबा पनि हुनुहुन्न । म कर्तब्य संझेर आएको छु । कति तिर्नु पर्ने हो ? तपाईं भन्नोस मात्र , म तिर्न तयार छु !" बैभवले आत्मबिस्वास साथ भन्यो । 

" समयको कुरा थियो । लेनदेनमा खरो व्यवहार पनि चाहियो होला । शोषक र सामन्तीको नाम दिन थालियो । खलकै बदनाम भए पछि बांकी सबैको ऋण मोचन गरिदिएमा कहि कतै तलमाथि  भएको रैछ भने पनि परत्रमा हजुर बाको आत्माले शान्ती पाउनेछ भनेर स्वबिवेकले नै मैले कागज पत्र जलाएको हुँ । एक देखि दस रुपैया सम्मका करिव एक डोको तमसुक थिए ।म संग सक्कल छैन । फिर्ता गर्न सक्दिन । व्यवहार भन्नेकुरा प्रमाण र कानूनले हुने हो । तपाईं निश्चिन्त भएर जानू भए हुन्छ । "

"तेसो नभन्नोस ! बिभिन्न कारणले रिन तिर्न सकिएन होला । सक्ने भएपछी पुर्खाको रिन तिर्नु छोराको कर्तब्य हो नि ! कति तिर्नु पर्ने हो तपाईं रकम मात्रै भन्नोस !"

" यो दुराचार हुने छ । तपाइ कर गर्दै हुनुहुन्छ भने म पनि साहुकारको नाति हुँ । त्यो बेलाको शर्त मुताबिक नै मैले रकम बुझ्न पर्छ । अन्यथा पितृको हेँलामा परिन्छ । तीन फुकादामको एक पैसा , पाँच पैसाको एक ढ्याक , दस ढ्याकको एक मोहर आधा तोला चाँदीको , दुई मोहरको एक महेन्द्रमल्ली ! त्यो बेला ढ्याक मानो घिउ । लौ ! प्रचलित मुल्यमा घिउ वा चाँदीको मोल जुन बढी हुन्छ निकालेर त्यो बेलाको रिन ठहर गर्नोस ! अनि नब्बे वर्षको दशौदीले हुन आउने  चक्रबृद्दी सावाब्याजको हिसाब निकाल्नोस त कति हुन आउँछ ?"

                 बैवभले खल्तीबाट क्यालकुलेटर निकाल्यो र हिसाब निकाल्न थाल्यो । एकै छिनमा उसको कन्चटबाट चिट्चिट पसिना आउन थाल्यो । हिसाब निकाल्नै सकेन । हेमलाल र बैभव पर्खिराखेका छन  ! लघुकथाका पाठकले सहयोग गरिदिनु पर्ने छ ! बैभवले तिर्नु पर्ने रकम कति हो ? कृपया म मार्फत उनिहरुलाइ सहयोग गरिदिन आग्रह गरेको छु ।


लघुकथा :- अाश्चर्य ।
नारायण पाैडेल ।

जिन्दगी सानले बिताएका थिए  रमणकुमारले ।

पाइला पाइलामा  साथ दिएकी  बुढीमाउले  रमणकुमारलाई  एक्लै छाेडिन् र  जिन्दगीको राैनक पनि अाफूसँगै लिएर ग‌इन् ।

जेठाे छाेरा र बुहारी घरमा खटपट भएपछि काठमाडौ गएर  ब्यापार गरेर बसे । रमणकुमार कान्छाे छाेरा सँग बसेका थिए ।

एकाएक उनी बिरामी परे। कान्छाे छाेरा बुहारीले सकेसम्म  उनकाे उपचार र स्याहारसुसार गरे ।

उनलाई भेट्ने मान्छेकाे लर्काे लाग्याे ।

"ल जेठाे छाेरा बुहारी, छाेरीहरुलाई मुख हेर्न  बाेलाउनु पर्याे । बुढाकाे निकाे छाँट छैन ।"  एकजना शुभचिन्तकले  सुनाए । 

"बाेल्नुहुन्छकी ! एकचाेटी बाेलाएर जानुपर्याे !"  अर्का शुभचिन्तक बाेलाउन गए ।

"ए हजुर ! मलाई चिन्नुहुन्छ ?  म फलानाे !" केही खान मन  छ कि ! के मा परान अडिएकाे छ ? दु:ख पाउनुभयाे ।" रमणकुमारले  अाफूलाई हियाएकाे महशुस गरे तर बाेलेनन् । 

"लाै अवस्था अन्तिम नै भैसकेछ ।" ती शुभचिन्तक ले अाफ्नाे निचोड  सुनाए ।

रमणकुमारका सबै सन्तान अाईपुगे । एकछिन उनी सन्तानले घेरिए । छुन त कसैले छाेएनन् । तर चिन्तित भाव चाहि देखाए । बरु छिटै वारपार गराईदेउ भन्दै भगवान पुकारे ।

उनीहरू साइड लागेपछि कान्छाे छाेराे चम्चा र पानी लिएर बाको छेउमा बस्याे । एकदिन अाउने दाजु भाउजूले गरेकाे वारपार काे कुरा कान्छालाई चित्त बुझेन ।

लगभग परानले छाेडिसकेकाे अनुमान लगाएर अाएका दाइ भाउजू  अाज परान जाला छैन, भाेली जाला छैन । अात्तिएर फर्किने निष्कर्षमा पुगे ।

"ल कान्छा ! बाकाे वाक्य बस्याे भने खवर गर्नु । हामी अाउछाैं, उता हाम्रो चाैपट भयाे ।" भन्दै बाटो तताए ।
 
केहि दिनपछि रमणकुमार निकाे भए ।

उता जेठाे छाेराे बुहारी कहिले बाकाे प्राण पखेरू उड्ला  र फाेन अाउला भनेर कान थापेर बसिरहेका थिए ।

एकदिन कान्छाले  फाेन गर्याे । नेटवर्ककाे गडबडीले त्यति प्रष्ट बुझिएन । पक्कै बाकाे अन्तिम अवस्था भएकाे हाे भन्ने अनुमान लगाएर  हिडे ।

साँझमा घर पुगेका छाेरा बुहारीले अनाैठाे माहौल देखे । त्यहाँ त जन्मदिनको उत्सव चलिरहेको थियाे ।

रमणकुमार केक काट्न तयार भएर बसेका थिए । त्याे उनकाे एकहत्तराै जन्मदिन थियाे ।


लघुकथा ः ढोँग
रीता बलामी
“उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।” यस्तै लक्ष लिएर गाउँबाट सपनाको  सहरमा छिरेकोथ्यो समीर ।  नाच्न, गाउन र अभिनय गर्न पनि सिपालु , भगवान् ले वरदानै दिएजस्तो प्रतिभा । छट्टु र जँड्याहा बाउ । अर्काको सरसामान र पैसा पनि चोरेर एक दुई पटक चौकीमा पनि पु˗याइसके गाउँलेले  तर पटक्कै नसुध्रेको । गाउँका ठुलाबडाहरूले ईर्ष्या गर्दै “ आखिर चोर र जँड्याहाको छोरा हो,  के फुर्ती लाउनु ?” भनेर खसाल्थे । निरीह समीर आमाको छातीमा टाँसिएर रुन्थ्यो । आमाले विचलित नहुन सम्झाउँथिन् ।

विद्यालय र गाउँमा भइरहने सांस्कृतिक कार्यक्रमहरूमा आउने अतिथि कलाकारहरूको आँखामा परिसकेको थियो समीर । एसइइपछि टाढाको नाता पर्ने एकजना फुपूदिदीकोमा बसेर पढ्दै, घरायसी काम सघाउँदै कलाकारितामा पहिचान बनायोे । एकजना निर्देशकले उनको प्रतिभा चिनेर एउटा फिल्ममा राम्रै भूमिका दिए । उनको चर्चा चुलियो । दुर्भाग्य, आमाको मृत्यु भयो । यता  एउटा गरिबले फिल्मनगरीमा फुत्त आएर कत्रा कत्रा स्टारका छोराछोरीले नपाएको सफलता र चर्चा पाउँदा फेरि ठुलाबडालाई सैह्य भएन ।
 
समीर आफूलाई राम्रो अवसर दिने निर्देशकले बोलाएकाले भेट्न गए । बन्द ढोका खोलिहाल्न असहज भएर उभिरहँदा एक हस्तीको आवाज सुने, “तपाईँ पनि के भाको ? इन्डस्ट्रिमा कोही नभएजस्तो को को माग्नेजस्ताहरूलाई  इन्ट्रि  गराउनुहुन्छ । फेरि किन त्यसैलाई अफर गर्नुभाको हो.... । बाउचाहिँ चोर,जँड्याहा भनेर मिडियाहरूमा आइरको थाहा छैन ? मेरो छोरोलाई लिनुस् बरु । सुरुमै तहल्का मच्चिन्छ ।”

फर्कूँजस्तो लाग्यो  । ठ्याक्क एकजनाले सरलाई भेट्न आउनुभको हो भन्दै ढोका खोलिदियो ।

निर्देशक ः˗ “ समीर, हेर न मैले तिमीलाई बोलाइहालेँ तर अहिलेलाई नहुने भो त्यो प्रोजेक्ट । पछिपछि भेटौँला नि है ।”

अवसर दिने त दर्शक होइनन् आखिर । यता मिडियाले खेदिरह्यो । ठुलाबडाको अछुतजस्तो व्यवहार । बाउको हर्कत झन् बढ्दो । आमालाई सम्झ्यो, रोयो । संसार विरानो लाग्यो र घाँटीमा पासो लायो ।

“चलचित्र क्षेत्रमा आफ्नै प्रतिभा र मेहनतले पहिचान बनाउने थोरै मान्छेहरूमध्ये उहाँ एक हुनुहुन्थ्यो । ”
श्रद्धाञ्जली सभामा उनै हस्तीले प्रशंसा गरे ।
फर्पिङ

Comments

Popular posts from this blog