Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

Interesting nepali story 18


लघुकथा : पसिनाको कमाई
शुक्रराज कुंवर
                  "बुवा हजार रुपियां दिनुन चाहिएको छ " । एक बिहान रबिनले बुवा संग अनुरोध गर्यो ।
" फेरि किन चाहिय‍‍ो हजार रुपियां " ?
" चाहिएको छ क्या साथीहरु पिकनिक जौं भन्दैछन् । पोह‍र साल पनि गइन "।
" हजार रुपियां छैन म संग अहिले । ला यो पांच सय रुपियां " रबिनको  हातमा थमाई दिदै रामबहादुरले भन्यो ।
" अरु पांच सय थपि दिनुन "
" छैन भन्छु त ... कहाँ बाट ल्याएर दिनु मैले अरु पांच सय " ?
" ह्या ... जहिले यस्तै । चाहिदैन भो तपाईक‍ो यो पांच सय "। रबिनले अावेशमा अाएर हातमा भएको त्यो पांच सय पनि भुंईतिर फ्यांकि दिदै बाहिर निक्ल्यो फटाफट ।

" के भाको यो केटो " रामबहादुर जिल्ल पर्यो र पैसा टिपेर निन्यउर‍ो मुख पार्दै त्यतै छेउ कुना तिर राखेको नाम्लो कांधमा राख्यो र कामको खोजीमा बाहिर निस्क्यो उ पनि ।

 उसका लागि अाज दिन ठिक थिएन । दिनभरीमा जम्मा पांच सय मात्र कमाइ भएछ । सांझ पर्न लागेको थियो । रुखोसुखो खाएर बिहानै घरबाट निक्लेको उसलाई निकै भोक लागेको थियो , केही खान होटल तिर पस्न खोज्यो तर छोराको टिठ लागेर अायो । एउटै छोरो थिय‍ो , यो भएको हजार पनि किन खोट्याउनु उसैलाई दिनुपर्ला भन्ने लाग्यो र भोक मारेर घर तिर हिड्यो ।

घर पुग्दा झमक्क सांझ परिसकेको थियो । छोरो अझै अाएको रहेन्छ , हल्का चिन्ता पर्यो उसलाई । केहीबेरमा "बुवा " भन्दै रबिन अाईपुग्यो र खुसीले " हात थाप्नु त बुवा " भन्यो ।

" किन के भयो "? रामबहादुर अाश्चर्यमा पर्यो र दुई हात थाप्यो , रबिनले हजार रुपियां जति उसको हातमा राखिदियो । 
" के हो यो " कहाँ बाट ल्याईस ? 
" अचम्म लाग्यो बुवा ? त्यहां एउटा ठूलै 'प्रोजेक्ट ' मा 'कन्सट्रक्सन' को काम चलिरहेको रहेछ , काम गर्ने अवशर पाए र यो दिनभरीको कमाई बुवाको हातमा " । खुसी हुँदै रबिनले भन्यो ।
रामबहादुरको मुहारमा खुसीका तरङ्गहरु दौडन थाले केही गर्वित पनि भयो छोरा प्रति तर उसले तत्कालै " चाहिंदैन तेरो पैसा भो " भन्दै ति पैसा अांगन तिर हुर्राई दियो ।

बुवाको हर्कत देखेर रबिन चकित पर्यो र दगुर्दै गएर सबै पैसा उठाएर ल्यायो, चित्त दुखाउदै भन्यो " बुवा यो के गरेको हजुरले ? यो मेरो दुखक‍ो कमाई हो " ।

रामबहादुर मुसुक्क हास्यो र छोरालाई सुमसुमाउदै भन्यो , 
" चित्त नदुखा , यो मैले तेरो परख गरेको हुं । तलाई अाफ्नो कमाईको माया लाग्यो हैन ? हो , यो तेरो दुखको कमाई हो , तेरो पसिनाको कमाई हो । यसको महत्व बुझिस नि अब ।
बरु ला यो हजार रुपिया , तेरो कमाईमा बुवाले अरु हजार रुपियां थपिदिनु भो भनेर सम्झि ।
रबिन नतमस्तक भयो । बुवा प्रति श्रद्धा जागेर अायो र निहुरेर बुवाको चरण स्पर्श गर्यो ।


लघुकथा : लाइसेन्स 
लक्ष्मी पोखरेल 

छिमेकी डाक्टर राजुले नयाँ गाडी सररर हाँकेको देख्ता प्रेम कुमारलाई पनि गाडी किन्ने रहर जाग्यो । पै साको खाँचो थिएन, समस्या लाइसेन्सको थियो । उहिले घोर्ले जवानीमा एकपटक असफल प्रयासपछि त्यसै छाडिदिएका थिए । तर, मौका मिल्दा साथीभाइका गाडी कहिलेकाहीँ नचलाउने हैनन् र आफ्नै घरेलु व्यवसाय भएकोले हिजोआज फुर्सैदै फुर्सद छ । 

पैसाको बिटो पठाए त्यस्ता लाइसेन्स घरै आइपुग्छ भन्ने उनले नसुनेका नदेखेका हैनन् तर उनी नखाने र नख्वाउने अकबरी मार्काका हुन् । लाइसेन्सको ध्याउन्नमा उनी हानिए यातायात कार्यालय, आवश्यक कागजात र शुल्क तिरेर सानो चारपाङ्ग्रेकालागि लिखित परिक्षामा बस्ने भए ।  परिक्षाको दिन परिक्षार्थी थिए असी बस्ने मेच कुर्ची साठी । . नजिक पुगेर नम्र गुनासो गरे, 'सर यस्तो छ व्यवस्था उभिइउभिइ कसरी जाँच लेखौं ? ' 
'पहिले पहिलेकाले पनि उभिएरै दिएर पास भए त्यसरी नै दिनुस्' । जुँगेमुठे परिक्षकले ठाडो जवाअफले पेल्न खोजे । 
'सर त्यसरी त सकिन्न' । प्रेम कुमारले एकपटक अझ बल लगाउन खोजे । 
'नसके घर जानुस्' । यातायातको कर्मचारी त्यस्ता आतेजातेलाई के टेरपुच्छर लाउँथे । 
त्यो गलफत्तिमा नलागेर बस्ने ठाउँ खोजेका भए पाउँथे होलान्, प्रेम कुमारले उभिएरै लिखित परिक्षा दिन थाले । पढे जानेका जति सही गलत 'टिक मार्क' लगाए, हो-होइन लेखे । अन्त्यमा डटेपनको मसी औंलामा दलेर उत्तरपुस्तिकाको पछिल्तिर ल्याप्चे लाए, कसो कसो छेलिएर मोबाइलले फोटो पनि लिन भ्याए । 

भोलिपल्ट फेरी पुगे यातायात कार्यालय । नतिजा टाँसेको भित्तोमा गएर नाम खोजे, भेटेनन् । उनलाई थाहा छ उनले के कस्तो लेखेका हुन् । हिजोका तिनै परिक्षकलाई धुइँपातल लगाएर खोजिनिकाले र सोधे, 'सर मेरो त नामै छैन पास लिस्टमा' 
'क्यै नलेखेसी फेल त होइन्छ,फेल हुनेको नाम निक्लिन्छ र ?' उल्टै प्रश्न दागे तिनले । 
'हैन सर मैले जम्मै ठिकै मिलाएको छु' । प्रेमकुमारले कुरा मिलाउनै खोजे । 
'ठिक हैन बेठिक मिलाएको छ भन्नुस्, हामी मुख हेरेकै भरमा भन्दिन्छौँ मान्छेका पाइन' । जुँगेमुठे शौचालयतिर तर्किए । 
प्रेम कुमार पनि त्यसै किन छाड्थे  पुगे शौचालय र मोबाइल खोलेर हिजो खिचेका फोटो देखाएर भने,
'यी हेर् र भन् कहाँ कहाँ मिलेन ? मजस्ता शुल्क तिरेर आउनेले बसेर जाँच दिन पाऊँ न भनेर सोध्न पनि नहुने ? तिमेरु सेवाग्राहीको सेवा गर्न बसेका की दु:ख दिन ? हामी पनि दु:ख दिउँ ? देखाऊँ यी तस्विर सबैलाई, गरुँ तेरो नाम, काम र वतन अनलाइन मिडिया र भएभरका सामाजिक सञ्जालमा ?' 

जुँगेमुठे निलोकालो भयो । कुदेर बाहिरियो र एकैछिनमा आएर एउटा पत्र प्रेम कुमारको हातमा राखिदियो । 
उनले पत्र हेरे । जाँचकीद्वारा त्रुटिवश उनको उत्तरपुस्तिक गलत गणना भएकोले दोहोर्यााएर हेर्दा उत्तिर्ण भएकोले 'ट्रायल' का लागि योग्य भएको व्यहोरा रहेछ । 

प्रेम कुमारले फेरी थर्काए, अरु कसैलाई आईन्दा पिर्लास् ।


२०७७ / ०२ / ०८ धरान

Short story: Earnings from sweat

 Shukraraj Kunwar

 "Father should pay a thousand rupees."  One morning Robin pleaded with Dad.

 "Then why do you need a thousand rupees"?

 "What do you think? Friends are saying picnic barley. Last year is gone."

 "I don't have a thousand rupees now. It's five hundred rupees," said Ram Bahadur, holding Rabin's hand.

 "Add another five hundred."

 "I say no ... where did I get the other five hundred?"

 "Yeah ... always like that. You don't need this five hundred."  In a fit of rage, Robin threw the five hundred in his hand to the ground and hurried out.


 "What the heck is this boy?" Ram Bahadur was stunned and picked up the money, put it on his shoulder in the same corner and went out in search of work.


 Today was not a good day for him.  In a day, only five hundred have been earned.  It was getting late.  He left the house in the morning after eating dry food. He was very hungry. He tried to enter the hotel to eat some food but his son came back feeling sorry for him.  He had only one son. He wondered why he had to give him even a thousand rupees and walked home hungry.


 When I reached home, it was already dusk.  The son is still here, he was a little worried.  After a while, Robin came, saying, "Father," and happily said, "Father, clap your hands."


 "Why what happened?"  Ram Bahadur was surprised and clapped his hands, Robin put a thousand rupees in his hand.

 "Where is this" from?

 "Surprised, Dad? There's a big project going on in the construction. There's an opportunity to work and it's all in Dad's hands."  Said Robin happily.

 Waves of happiness started running on Ram Bahadur's face. He was a little proud of his son, but he immediately rushed to the courtyard saying, "I don't need your money."


 Robin was shocked to see his father's actions and ran to fetch all the money.


 Ram Bahadur smiled and kissed his son.

 "Don't be sad, this is what I have tested for you. Don't you love your earnings? Yes, this is the earnings of your sorrow, this is the earnings of your sweat. Understand its importance now."

 Instead of this thousand rupees, remember that your father will add another thousand rupees to your earnings.

 Robin bowed.  He came waking up in reverence for his father and knelt down and touched his father's feet.



 Short story: License

 Lakshmi Pokhrel


 Seeing that his neighbor Dr. Raju was driving a new car, Prem Kumar also wanted to buy a car.  There was no need for money, the problem was with the license.  In the past, Ghorle had left after a failed attempt in his youth.  However, when the opportunity arises, he will never stop driving his friend's car and since he has his own home business, he has a lot of free time these days.


 He has not seen or heard of such licenses coming home if he sends a bit of money, but he is from Akbari Marka who does not eat and does not eat.  In the wake of the license, he had to sit for a written test for a small four-wheeler after paying the transport office, necessary documents and fees.  On the day of the examination, there were eighty sitting chairs.  .  Approaching, he humbly complained, 'Sir, this is such a system, how can we write an investigation?  '

 "If you have already passed, give it in the same way."  The mustache examiner tried to answer with a straight answer.

 "Sir, it can't be like that."  Prem Kumar tried to force once more.

 "If you can't, go home."  What kind of tail would the transport staff wear to such people?

 If he had searched for a place to live without getting caught up in it, Prem Kumar would have stood up and started giving written exams.  As much as those who have read it have put the right and wrong 'tick mark', they have written yes or no.  In the end, Datepen's ink was rubbed on his finger and he brought a lapel pin on the back of the answer sheet.


 Arrived at the traffic office again the next day.  They went to the wall where the results were posted and searched for the name, but could not find it.  He knows what he has written.  The same examiner was searched yesterday and asked, 'Sir, my name is not on the pass list.'

 "If you don't write, you will fail. Will the name of the one who fails come out?"  He asked the opposite question.

 "No, sir, I'm fine."  Prem Kumar tried to settle the matter.

 "Say it's not right, it's wrong. We look at people's faces and say, 'People's pain.'  Mustache turned towards the toilet.

 Why did Prem Kumar leave the toilet and open his mobile phone and show the photos taken yesterday?

 'Look and say, where is the match?  You don't even have to ask if someone like me who comes after paying the fee can sit and check?  Do you grieve for those who serve you?  Shall we also grieve?  Show these pictures to everyone, do your name, work and homeland on online media and social media? '


 The mustache turned blue.  He rushed out and immediately handed over a letter to Prem Kumar.

 He looked at the letter.  His answer sheet was erroneously calculated by the examiner and he passed the examination after re-examination.


 Prem Kumar trembled again.



 2077/02/08 Dharan

Comments

Post a Comment

Thanks for your concern. We would be very grateful to hear and respond you. ♥ ♥

Popular posts from this blog

मिठा नेपाली कथा 28