Posts

Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

मिठा नेपाली कथा 28

Image
लघुकथा: जलन उमा सिजापती मेरो बालसखा युगेनको प्रगति देखेर दङ्ग थिएँ । अार्थिक स्थिति नाजुक भए पनि पढेर निक्कै प्रख्यात ईन्जिनियर भएको थियो । अाफ्नो पेशागत कामले भन्दा विपन्न वर्गका बालबालिकाहरुलाई पढाउने कामले चिनिन्थ्यो । ऊ जापानमा बसेर देशको सेवा गरिरहेको थियो । उसले मेरो म्यासेन्जरमा लेखेको थियो, "जुखुरी म नेपाल फर्किएँ नि! अब यहीं बस्छु ।" उसको म्यासेजको उत्तर दिंदै लेखे, " ए हो र लुरे ? लु राम्रो गरिछस् ।" "तलाई एउटा कुरा सुनाएर बोझ हल्का पार्नु छ, जसले गर्दा मेरो अन्तरमनमा जलन भईरहेको छ । पहिले कसैलाई सुनाउने आँट अाएन । फेरि तैंले लेख्न थालिछस् । तेरो लघुकथाको विषय पनि हुने भयो ।" "म्यासेज गरेर पठा न त! के रैछ समय मिलाएर हेर्नेछु ।"  "अोके।" म अाफ्नै घरको काममा ब्यस्त हुन्छु । तर मन भने युगेनको बारेमा सोचिरहन्छ । के भयो होला त्यसलाई ? किन अरुलाई सुनाउएर मन हलुका पार्न सकेन । हतार हतार काम सकेर म्यासेज हेर्न थाले । उसले लेखेको थियो -"जब म शहर गएँ, कसैको घरमा काम गरेर पढ्न थालें । काम गर्ने घरमा मालिक्नी र छोरी थिए । मालिक यु.एस

मिठा नेपाली कथा

Image
रीता बलामी “खुब मस्किँदै कुरा हुन्छ नि अचेल, राति रातिसम्म को हो त्यो?” सरलाले भनिन् “ स्कुलको बेस्टफ्रेन्ड सुमन । अमेरिकाबाट फर्कँदै । मलाई ल्यापटप गिफ्ट ल्याइदिने रे । ” टेलिभिजन हेरिरहेको विनोद जुरुक्क उठेर सुत्न गयो । आज नन्द, आमाजू सबै जम्मा भएका थिए ।  भोलिपल्ट  विनोद त  हिँडिसकेछ । दिनभरि सरलाको फोन  पटक्कै उठाएन । राति  बेसरी पिएर आएछ  । ठीक त्यही बेला मोबाइल बज्यो । सरला आफ्नो कोठातिर जाँदै बोलिन्, “मायाले ल्याइदिने गिफ्ट जस्तो भए नि अनमोल हुन्छ नि । थ्याङ्क्यु ।” सबैले कान ठाडो पारेर सुने ।  विनोदले अपशब्द बोलेर झम्ट्यो । सरला ः — (डराउँदै) मैले के गरेँ र ? विनोद ः —अझ लाज लाग्दैन ? चरित्रहीन आइमाई । गैहाल् निक्लेर । म तँलाई डिभोर्स दिँदै छु । यही मोबाइलमा होइन तेरो ब्वाइफ्रेन्डको फोन आउने ?  एक थप्पड हानेर मोबाइल फालिदियो । सबैले ठिक्क भयो भनेजस्तो गरेर हेरिरहे । सरलाले बल्ल बुझिन् ˗सुमनलाई ब्वाइफ्रेन्ड भन्ठानेछन् । ठिकै छ... तर कसैले एक वचन नसोधी यस्तो दुर्व्यवहार? दुर्व्यसनमा फसिसकेको विनोदसँग बिहे गर्दिएछन् । चार वर्षसम्म सरलाले कम्ती यातना भोगिनन् । सबैले तेरो भाग्यै यस्

interesting story 25

Image
        लघुकथा:- बादल फाटेपछि तारा के.सी रातकाे एघार बजे रक्सीले मात्तिएर छाेरा घरभित्र पस्याे। " बाबु! हामी खाना कुरिरहेका छाै। हिड् खाना खान जाऊ ।" प्रज्ञाले भनिन्। नशाकाे सुरमा छाेराले भन्याे, " साैतीने अामाकाे याे नाटक मलाई मन पर्दैन।" ऊ बर्रबराउदै काेठातर्फ लाग्याे । छाेराकाे ब्यवहारबाट दु: खी भएर हरिशरणले भने, " प्रज्ञा ! अाज मलाई ठुलाे गल्ती गरेकाे अाभाष भईरहेछ। मेराे याे ब्यक्तिगत  समस्याकाे भुङ्ग्राे भित्र  अाज तिमी बिना कसुर जल्दै छाै। म माफी माग्न पनि याेग्य छैन । "  " के भन्नुभएकाे हजुर!  मैले सबै कुरा बुझेर हजुरसँग बिहे गरेकी हुँ। याे हाम्राे साझा समस्या हाे ,अब हामीले छाेरालाई कसरी सुधार्ने त्याे पाे साेच्नु पर्छ त।" प्रज्ञाकाे कुरा सुनेर हरिशरणले भने, "खाेई अब छाेरा सुध्रेला जस्ताे लाग्दैन मलाई ? संगत पनि राम्राे छैन। केही भनाै भने समाजले साैतिने बा अामाले हेलाँ गरे भन्छन् । अाफ्नै सन्तानप्रति पनि बाेल्न नहुने दिन अाउँदाे रहेछ। मेरी स्वर्गवासी धर्मपत्नीले पनि शान्ति  नपाउने भई , छाेराकाे कारण।" हरिशरण  बडाे तनावमा थिए। एक

interesting story 24

Image
लघुकथा :- चोखो तिलक तारामी “रेशाली” मेरो साथी बलुको घरमा सानो धार्मिक कार्यक्रम थियो। म उसको घर पुग्दा उसका छिमेकी र इष्टमित्रहरू पनि जम्मा भइसकेका थिए। सबै मिलेर पूजाको तयारी गर्दै थिए। पल्लो गाउॅंका पण्डित उमानन्दलाई पुरोहितको रुपमा बोलाइएको थियो। उनि पनि विहानको आठ बजे नै आइपुगेका थिए। हेर्दा निकै हृष्ट पुष्ट र खाइलाग्दो थिए। लामो टुप्पी र बटारिएको जुंगा उनको पहिचान थियो। उपस्थित सबैले उनलाई बाजे भनेर सम्बोधन गर्न थाले।  ००००००० पूजा पनि शुरु भयो। बलुका सबै परिवार पुरोहित बाजेले जे जे भन्छन्, त्यसै त्यसै गर्दै गए। हामीले पनि उनिहरूलाई सघायौं। लगभग एक बजेतिर पूजा सकियो। सबैले टिका ग्रहण गर्ने र प्रसाद खाने काम भयो। त्यसपछि सबैले खाना खाने तरखर गर्न थाले। अंकलले आन्टीलाई बोलाएर बाजेलाई पनि खानाको ब्यवस्था गर्न लगाउनु भयो। ०००००००००० आन्टीले काॅंसको थालीमा भात, तरकारी र अचार अनि कचौरामा दाल ल्याएर टेबलमा राख्दै भन्नु भयो, “ल बाजे, भुजा ज्युनार होस्।” पुरोहित बाजे कुर्सीमा बस्दै बोले, “तिमीहरूले पकाएको खाना जुठो हुन्छ। नचोख्याइकन मैले खान हुन्न।” “हैन बाजे! मैले आज विहानै नुहाएर मात्र प

interesting story 23

Image
लघुकथा : आई हेट यू ड्याड ! ---धनराज गिरी  ----डेराको बसाइ हो  प्रा.डा. सुदामाप्रसाद अधिकारीको,किन कि  समृद्ध गरिबीसित  सात पुस्ताले गहिरो नाता जोड़ेको हुनाले उनको खातामा --बैंकको ---चार अंकको बचत मुस्किलले हुन्थ्यो | युगको बजारभाउ हेरेर मात्र एक पुत्रीको अभिभावक बन्ने निर्णय गरे |सरकारी स्कूल,सरकारी कलेज नै छोरीको लागि चारधाम भयो | "अधिकारी सर " इज्जत ठूलो---किन कि आफ्नो विषयमा उनी पूर्ण दक्ष | "योग्यतालाई "कदर गरेर उनलाई "डीन " बनाइयो | त्यसपछि "दिन "शुरू भयो | पद बहाली भएको एक बर्षमा तीन तले घर किने |साथमा कार पनि | बेखबर  छोरी,किन कि एम ए पास गरेर उनी राजधानी बाहिर "दुर्गम "मा पढाउन गएकी |  -----छोरी ---उनको नाम पवित्रा अधिकारी | उनले आफ्नो पिताश्रीको "आर्थिक क्रान्ति "का बारेमा अनेक "कुसमाचार "सुन्न थालिन्|"जीवनभरि ईमानदारी र नैतिकताको पाठ पढाउने एक आदर्श गुरुको यो रूप ?" पवित्राको मनले पत्याएन | राजधानी आएर सरासर पिताश्रीको अफ़ीस पुगिन्|  " ड्याड, म हजूरसित एकान्तमा केही कुरा गर्न चाहन्छु |"  &