लघुकथा:- बादल फाटेपछि
तारा के.सी
रातकाे एघार बजे रक्सीले मात्तिएर छाेरा घरभित्र पस्याे।
" बाबु! हामी खाना कुरिरहेका छाै। हिड् खाना खान जाऊ ।"
प्रज्ञाले भनिन्। नशाकाे सुरमा छाेराले भन्याे,
" साैतीने अामाकाे याे नाटक मलाई मन पर्दैन।"
ऊ बर्रबराउदै काेठातर्फ लाग्याे ।
छाेराकाे ब्यवहारबाट दु: खी भएर हरिशरणले भने,
" प्रज्ञा ! अाज मलाई ठुलाे गल्ती गरेकाे अाभाष भईरहेछ। मेराे याे ब्यक्तिगत समस्याकाे भुङ्ग्राे भित्र अाज तिमी बिना कसुर जल्दै छाै। म माफी माग्न पनि याेग्य छैन । "
" के भन्नुभएकाे हजुर! मैले सबै कुरा बुझेर हजुरसँग बिहे गरेकी हुँ। याे हाम्राे साझा समस्या हाे ,अब हामीले छाेरालाई कसरी सुधार्ने त्याे पाे साेच्नु पर्छ त।"
प्रज्ञाकाे कुरा सुनेर हरिशरणले भने,
"खाेई अब छाेरा सुध्रेला जस्ताे लाग्दैन मलाई ? संगत पनि राम्राे छैन। केही भनाै भने समाजले साैतिने बा अामाले हेलाँ गरे भन्छन् । अाफ्नै सन्तानप्रति पनि बाेल्न नहुने दिन अाउँदाे रहेछ। मेरी स्वर्गवासी धर्मपत्नीले पनि शान्ति नपाउने भई , छाेराकाे कारण।"
हरिशरण बडाे तनावमा थिए। एकदिन छाेरा बाइक एक्सिडेन्ट्मा परेकाे खबर अायाे। अप्रेसन काेठाबाट बाहिर निस्कदै डाक्टरले भने,
" ठुलाे दुर्घटनाबाट बाँच्याे , एकछिन ढिला भएकाे भए ज्यानै जान सक्थ्याे। हजुर बेलैमा अाएर अाफ्नाे रगत दिएर छाेराकाे ज्यान बचाउनु भयाे । अहिले हाेस अाएकाे छ ।भेट्न जान सक्नुहुन्छ।" प्रज्ञाले छाेरालाई भेटिन् ।सबैजना अाफन्त ,छिमेकीहरू भेट्न अाए ।
" राम्राे खानपिन मिठाे बाेली दिएकाे भए यसरी बिग्रने थिएन हाेला" । बिष अाेकले अाफन्त र छिमेकीले।
हरिशरणबाट अब सन्तान नहुने कुरा थहाँ हुदाहुदै पनि यहि छाेरा मेराे हाे भनेर बसेकी प्रज्ञाकाे मनमा ठुलाे चाेट लाग्याे। हरिशरण बाेल्न चाहेर पनि बाेल्न सकेनन्। यी सबै कुरा सुनेपछि छाेराले भन्याे ,
"मामु! मलाई माफ गरिदिनुस्। मैले हजुरकाे धेरै मन दुखाएँ ।मैले नदेखेकी अामालाई मात्र संम्झिएर, मलाई यसरी माया गर्ने अामालाई भुले। साैतीने अामा दृष्ट हुन्छन् , कहिले राम्राे गर्दैनन् समाजले भन्थ्याे , मैले पनि त्यहि कुरा पत्याएँ। कथाका हाउँगुजी संम्झिएँ। हजुरले म प्रति गर्नुभएकाे माया र सजाउँनु भएकाे हाम्राे घर सबै बिर्से मैले बास्तवमा म पाे दुष्ट र स्वार्थी रहेछु।"
प्रज्ञाकाे अाँखाबाट अश्रुधारा अाँसु बगे ।
काठमाडौं ।
लघुकथा :- छोरी
लक्ष्मी पौडेल
---------------
उसले बच्चालाई अन्तिम पटक हेरी । आलो सुत्केरी रगतमा लत्पतिएको आफ्नो रगतको डल्लो उसले हातले पुछपाछ पारी । परैदेखि माया गरी । सुत्केरी आमाको अचम्मलाग्दो व्यवहार देखेर अस्पताल सफाई गर्ने महिला, सुन्तलीले बच्चा आफ्नो काखमा लिई । सफा कपडाले फोहर सफा गरीदिई । उसले टोलाएर हेरिरही !
डाक्टर बिकासलाई लिएर दुईजना भलाद्मी जस्ता देखिने महिला पुरुष सुत्केरी वार्डमा प्रवेश गरे । दुबैजनाले सुत्केरी महिलाको मुखमा पुलुक्क हेरे । उसले फिस्स फिक्का हाँसो हाँसी । भलाद्मी मान्छेले सुन्तलीलाई पाँच सयको नोट दियो । सुन्तलीले सुत्केरी र त्यो मान्छेको मुखमा पालैपालो हेरी । भेद पहिल्याउन सकिन । पाँच सयको नोट गाउनको खल्तीमा घुसारी ।
डाक्टर र ती मान्छेले खासखुस केही कुरा गरे । सुत्केरी महिलाको मुखमा पुलुक्क हेरे। उसले मुन्टो तल गरी । भद्र मान्छेले डाक्टरलाई एउटा लामो चेक थमायो । डाक्टरले एउटा कागजमा के के लेखेर दियो । उसले एकैछिनमा सुत्केरीको लागि खानेकुरा चिया, बिस्कुट, औषधी आदि लिएर आयो । डाक्टरले भद्र महिलालाई देखाउँदै सुन्तलीलाई भन्यो ," बच्चा उहाँलाई देउ !"
दुई हजार रुपैयाँ सुत्केरी महिलाको सिरानीमुनि राखेर ती महिला पुरुष बच्चा बोकेर बाहिर निस्के ।
"आमा, बुबा पनि आइपुग्नु भो ! " उसकी ठूली छोरी हौसिदै सुत्केरी वार्डमा प्रवेश गरी ।
आमाको काखमा बच्चा नदेखेर ऊ अल्मलिई ।उसले तुरुक्क दुई थोपा आँसु झारी ।
"छोरी थिई, गई, ठूली ! धन्दा नमान् ।
"छोरी --- गई --- ! " सुन्तलीले पाँच सयको नोट ओर्काई फर्काई हेरी । मुठ्ठी कसेर नोट कच्याककुचुक पारी ।
धनगढी - ३, कैलाली
२०७७/०२/२२
लघुकथा ः झिँगा
डा.पुष्करराज भट्ट
उसले सानै उमेरमा विद्यालयमा देशभक्तिको पाठ पढ्यो । गुरूले उसलाई देशप्रति वफादार बन्न र देशको हितमा काम गर्न सदैव लागिपर्नुपर्ने शिक्षा दिनुभयो । उसले मनमनै भन्यो, “आहा १ मेरो देश । मेरो पुर्खाले बनाएको देश ।”
उसले जागीर खाने बेलामा कसम खायो । “म सदैव देशप्रति वफादार बन्नेछु । हर समय देशको प्रगतिका लागि काम गर्नेछु ।” उसको मन देशभक्तिले आकुलव्याकुल भयो । उसमा देशभक्तिको ज्वारभाटा उम्लिएर आयो । त्यस बखत उसले भन्यो, “आहा १ मेरो देश । मेरो पसिनाले सिँचिएको देश ।”
जीवनमा सफलताका अनेक सिँढी चढ्दै उसले प्रशासनिक क्षेत्रको उच्च पद पायो । उचाइमा पुगेपछि उसलाई सबैथोक झिँगा देखिन थाल्यो । भौीतक वस्तु मात्र नभएर सहकर्मी साथीभाई, कनिष्ठ कर्मचारी, नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, डाक्टर, प्राध्यापक, इन्जिनियर सारा पेशाकर्मी उसलाई झिँगा लाग्न थाल्यो । उसका छोराछोरी, विगतमा साथै काम गरेका कतिपय साथीभाई पश्चिमा देशका नागरिक भईसकेका थिए । उसले अब अठोट ग¥यो, “यहाँ बसेर के गर्नु रु म पनि लागेँ अमेरिका ।”
पिआरधारक उसले देशले दिएको सम्मान, पदप्रतिष्ठा त्याग्यो । ऊ आफ्नी प्राणप्यारी र छोराछोरीलाई भेटन छटपटायो । आफ्ना आफन्तको भेटपछि उसले भन्यो, “नेपाल पनि देश हो र रु यो पो देश । कति उन्नति, प्रगति अनि समृद्धि छ ।” त्यसपछि उसले आकाशतिर चिच्याउँदै भन्यो, “आहा १ मेरो देश । मेरो सपनाको देश । मेरो समृद्धिको देश । मेरो अमेरिका । मेरी प्राणप्यारी र छोराछोरीले रोजेको देश ।”
उसको साथै रहेको एक अमेरिकनले भन्यो, “अनि टिमी जन्मेको देश नी ?”
“त्यो झिँगाको देश । त्यहाँ बस्ने सब झिँगा हुन् । खान नपाएका, लाउन नपाएका, देशभक्तिको खोक्रा नारामा भुलेका अभागी झिँगाहरू ।” ऊ बेस्सरी करायो ।
लघुकथा : काला सर्पको खोजी
हरिप्रसाद भण्डारी
सानीछँदा एकान्त पारेर एउटा सर्पले उनलाई डस्यो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्था रुँदै घर पुगिन् ।
उनको दर्दनाक अबस्था देखेर घरका जहान आत्तिए । सक्दो औषधिमूलो गरे । छिमेकीहरूले सहानुभूति देखाए । सर्पबिरुद्ध आक्रोश उब्जियो तर तत्काल त्यो सर्पलाई मार्न सकिएन ।
डसाइको पीडाले उनी महिनौँ थलिइन् । आराम भएपछि उनलाई गाउँमा बस्न मन लागेन । आफन्तको साथ लागेर सहरतिर लागिन् ।
सहरमा जुठोभाँडो गरेर जेनतेन प्राण धान्दै थिइन् । एक रात त्यस्तै अर्को सर्पले उनलाई फेरि डस्यो । त्यस घटनाले उनको जीवनमा अर्को पीडा थप्यो । जीवनलाई थप विषाक्त बनायो । त्यसपछि त डसाइका घटनाहरू दोहोरिन थाले ।
सर्पहरूको अत्याचारबाट आजित भएर उनी सर्पविहीन ठाउँको खोजीमा भौतारिँदै मठ-मन्दिर, पाठशाला, कार्यालय, सामाजिक सङ्घसंस्था आदि ठाउँहरूमा पुगिन् तर त्यहाँ पनि कुनै न कुनै प्रकारका सर्पसँग जम्काभेट भइ नै रह्यो । डसाइका प्रयत्नहरू जारीरहे ।
पीडा खप्दाखप्दा सर्पहरूको डसाइ अब उनका लागि नौलो विषय रहेन । डसाइका कारण बरू उनी सर्प भन्दा पनि बिषालु भइन् । सर्पहरू उनलाई अमृत ठानेर पिउन खोज्थे र पिउँदापिउँदै लट्ठिएर ढल्थे । सर्पहरू ढलेको देखेपछि उनलाई आनन्द लाग्थ्यो । अनि ढलेको सर्पमाथि घृणाले थुक्थिन् ।
अब भने उनलाई कुनै सर्पले डस्छ कि भन्ने पिरलो भएन । सर्पको डसाइविना उनी नै बरु बाँच्न नसक्ने भइन् । त्यसपछि उनी शरीर डसाउनकै लागि काला सर्पको खोजीमा भौँतारिँदै हिड्न थालिन् ।
+++
कात्तिक ०३, २०६३
साभार- काला सर्पको खोजी,
लघुकथा सङ्ग्रह, २०६७।
Comments
Post a Comment
Thanks for your concern. We would be very grateful to hear and respond you. ♥ ♥