Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

interesting story 23









लघुकथा : आई हेट यू ड्याड !
---धनराज गिरी 

----डेराको बसाइ हो  प्रा.डा. सुदामाप्रसाद अधिकारीको,किन कि  समृद्ध गरिबीसित  सात पुस्ताले गहिरो नाता जोड़ेको हुनाले उनको खातामा --बैंकको ---चार अंकको बचत मुस्किलले हुन्थ्यो | युगको बजारभाउ हेरेर मात्र एक पुत्रीको अभिभावक बन्ने निर्णय गरे |सरकारी स्कूल,सरकारी कलेज नै छोरीको लागि चारधाम भयो | "अधिकारी सर " इज्जत ठूलो---किन कि आफ्नो विषयमा उनी पूर्ण दक्ष | "योग्यतालाई "कदर गरेर उनलाई "डीन " बनाइयो | त्यसपछि "दिन "शुरू भयो | पद बहाली भएको एक बर्षमा तीन तले घर किने |साथमा कार पनि | बेखबर  छोरी,किन कि एम ए पास गरेर उनी राजधानी बाहिर "दुर्गम "मा पढाउन गएकी | 

-----छोरी ---उनको नाम पवित्रा अधिकारी | उनले आफ्नो पिताश्रीको "आर्थिक क्रान्ति "का बारेमा अनेक "कुसमाचार "सुन्न थालिन्|"जीवनभरि ईमानदारी र नैतिकताको पाठ पढाउने एक आदर्श गुरुको यो रूप ?" पवित्राको मनले पत्याएन | राजधानी आएर सरासर पिताश्रीको अफ़ीस पुगिन्|  " ड्याड, म हजूरसित एकान्तमा केही कुरा गर्न चाहन्छु |"  "छोरीले जीवनसाथी खोजेजस्तो  छ !" मनमा यही सोच्यो | कुमारी हुन् पवित्रा |घर पुगेपछि, " मैले राम्रो घडेरी पाएँ सुर्खेतमा,रु एक करोड़ चाहियो |"अचानक यस्तो प्रस्ताव आयो | "छोरी पनि व्यावहारिक भएको "सम्झिएर मख्ख भयो  र  बोल्यो," म तिम्रो खातामा राखिदिन्छु,उही गएर निकाल |"सहज भएर भन्यो |"ड्याड, यो पैसाको स्रोत ?भन्न मिल्छ ?" घृणा र आक्रोश मिश्रित स्वर |एकछिन त स्तब्ध भयो अधिकारी | अलि सहज हुने प्रयास गरेर बोल्यो,नरम भएर,"म मात्र होइन  छोरी,फेरि यो सब तिम्रो  लागि  हो, अरूले हुने मैले नहुने ?"
"छोरी चाहिन्छ  कि यो  कालो धन ?"आगो बनी पवित्रा |

"बढ़ी  आदर्श  काम छैन छोरी,कति  "दोहोरो सुदामा  "हुने ? चुप लाग !"  अधिकारी  पनि आवेशमा  आयो |रु १००० सापटी नपाएको दिन सम्झियो |" आई हेट यू ड्याड! मरी आजदेखि यो  छोरी !" पवित्रा वापस | तीन दिनपछि :" प्रोफ़ेसर सुदामाप्रसाद अधिकारीको ५५ बर्षमा निधन ---कारण-ब्रेन हेमरेज !" समाचार आयो |

लघुकथा : - अाशा 
   जनक सिक्देल

       मेरो महँगो र राम्रो मोबाइल किन्ने हविगत् थिएन । एउटा सानो बटमबाला मोबाइल किनेको थिएँ । यसैबाट कुराकानीहरू गर्थेँ । 
        काकाको घर र मेरो डेरा नजीकै थियो । उनीहरू सम्पति र रूपियाँपैसावाला थिए । वहाँकी , छोरी पनि जागीरे थिईन् । रूपियाँपैसाहरू पनि राम्रो कमाउँथिईन् । उनी विदामा घर अाएकी थाह पाएँ । अनि भेट्न गएँ । यसैसमयमा , श्रीमतीकी फोन् अायो । अनि म मोबाइल झिकेर कुरा गर्न थालेँ । 
          काकाकी छोरीले यो कुरा सुनिरहेकी र हेरिरहेकी थिईन् । जब मैले कुराकानीहरू सकेँ तब , उनले भनिन् - " दाइ ! एउटा राम्रो फेसबूक चल्ने र भिडियोकल हुँने मोबाइल किन्नूस् न । के यस्तो मोबाइल किन्नु भएको " ? 
           " बहिनी ! के गर्नु । मन् त थियो नि । घरको समस्या र वाध्यता छ । कमाएकोले खाँन लाउँन नै पुग्दैन । के ले किन्नु " ? मैले उत्तर दिएँ । 
             बहिनी मुसुक्क हाँसिन् र भनिन् - " दाइ ! म किनिदिन्छु । एक दुई हप्ता पर्खिनूस् है । " 
                म , वहिनीकी कुराले मनभरि मीठो अाशालिँदै घर फर्कि अाएँ । अनि , श्रीमतीलाई भने - " काकाकी छोरी वहिनीले राम्रोखालको मोबाइल किनिदिन्छु भनेकीछिन् । " 
              श्रीमतीले , मेरो कुरा सुनेर भनिन् - " अाशा गर्नू । तर भर नपर्नू ।" 
               एक दिन् , उनी अाईन् र भनिन् - " मैले मोबाइल किनिदिन्छु भनेकी थिएँ । तर सकिँन । चित्त नदुःखाउँनू है । " अनि घरतिर लागिन् । 
              " सुन्नु भो त । मैले भनेकी नै थिएँ नि । अाशा गर्नू । तर भर चाहिँ नपर्नू । " श्रीमतीले मुखभरिको जवाफ दिईन् र भित्र पसिन् । 

               विराटनगर - ५ 
                   मोरङ्ग



लघुकथा -पुरानाे कुरा
विष्णु भण्डारी (अाचार्य)

सन्ध्या शुसीलको वैवाहिक जीवन आफ्नै प्रकारले चलेकोथियो ,सन्तोषै देखिन्थे अरुले हेर्दा,दुवै  जनाको जोडी आफन्तले जुराइदिएका अर्थात मागिविवाह थियो ,दुवै एउटै कलेजका विद्यार्थी पनि ।
            एकदिनको कुरो शन्ध्याले आफ्नो मोबाइलमा फेसबुक चलाइसकेर लगआउट गर्न बिर्सिछे र उ कतै अल्मलिनपुगी ,शुशीलले देखिहाल्यो ।
लेखेकोथियो कसैले म्यासेन्जरमा ,हाम्रो सपना सबै हुरीले उडाएर लगिहाल्यो सन्ध्या ,के सोचिएकोथियो,हुनुपुग्यो,के,तिमी कसरी सहदैछ्यौ त्यहाँ,कति सुखी र खुसी छ्याै,म त यहाँ पानीबाट निकालेको माछोजस्तै बनेकोछु ।न दिनको भोक न रातको निन्द्रा भको छ मलाइ त तर सन्ध्या मलाइ यहाँ जस्तो भएपनि तिमीलाइ त्यहाँ सुख मिलोस्। तिम्रो  श्रीमानले तिमीलाइ मायाँ गरोस,सुखी रहु ,यही कामना गर्छु म ।
यो थाहा पाउनेबित्तिकै शुशिललाई तिरीमिरी भयो ।दुइबीच सम्बन्धमा हिउँ पर्नथाल्यो ,सहनै नसकिने भएपछि एकदिन  सन्ध्यालाई भन्याे-"तेरो अर्कोसँग लभ रछ त, यो कुरा पहिला किन भनिनस् ?"
उसले भनी-"मैले आफ्ना जन्मदाताको खुसीकोलागि आफ्नो रोजाइ र चाहनालाइ तिलाञ्जली दिएँ,त्यही सम्झ, जे हुनु भैसको ,अब हाम्रो दाम्पत्यजीवन सुखि र खुसी राखौँ,पुरानो कुरालाइ लिएर किन सम्बन्धलाइ धमिल्याउनु ,छोड्देउ यो कुरा ।
   जति कोशिश गरेपनि ,जति नै सम्झाएपनि केही लागेन ,दुइबीचको सम्बन्धको खटपट घरभित्रबाट फैलिएर बाहिरसमेत पुग्यो,सन्ध्याका माइतिसमेत दु:खित बने यो कुराले ।सन्ध्याको दाजु निकेशले सक्दो प्रयास गर्यो मिलाउन, सम्झाउन, र पनि सम्झाैतामा अाउन नमानेपछि ,भन्यो–"हेर्नोस ज्वाइँ,पुरानाे कुरा कुरालाइ लिएर सम्बन्ध बिगार्नुहो भने म तपाइँकी बैनी सृष्टिको भविष्य बिगार्न सक्दैनथेँ होला र ?सृष्टिको पेटमा मेरो दुइ महिनाको बृज हुर्कदैथियो र त जबरजस्ती सृष्टिको बिहे अन्तै गर्दिनुभो "।शुशिलले चुपचापमा निकेशको कुरा मान्न मन्जुर भयो ।

बेलबारी माेरङ



लघुकथा : घाम–पानी

हरिप्रसाद भण्डारी

“सर नमस्कार !”

नमस्कारको प्रतिउत्तरमा उनले पिलिक्क आँखा तरेर मतिर हेरे ।

“के चाहियो ?” उनको आवाज रोबदार थियो ।

“सर, फलानो जिल्लामा ठाउँ खाली रहेछ, सरुवा हुने इच्छा..... ।”

“किन चाहियो सरुवा ? के मैलै तिमीहरुको सरुवा गर्ने ठेक्का लिएको छु र ?”

“सर ! चार पाँच वर्ष भयो दुर्गममा बस्न लागेको, अब यसो सुगम या घर पायक पाउन पाए ...... ।”

“म केही जान्दिनँ । यहाँबाट गइहाल मलाई फुर्सद छैन । निक्ली हाल यहाँबाट ।”

‘पाँच सात दिन हिँडेर आएको पनि बेकार हुने भयो त’ यस्तै विचार गर्दै एकैछिन् त्यहीँ उभिइरहेँ । म उभिएको देखेपछि उनले टरर्र घण्टी बजाए । तुरुन्तै एक जना पिउन भित्र पस्यो अनि धनुष्टङ्कार नमस्कार गर्दै आदेशको प्रतीक्षा गर्न थाल्यो ।

“उसलाई बाहिर निकाल !”

‘मलाई ...... ?, पिउनद्वारा ............ ?’ अचम्म मान्दै मनमनै गुनगुनाएँ अनि “म आफै निक्ली हाल्छु सर, पिउनद्वारा निकाल्नु पर्दैन ।” यति भन्दै बाहिर निस्किएँ ।

अर्को दिन त्यसै बिभागको बाहिर पुगेको मात्र के थिएँ, एक जना मानिस मेरो नजिक आयो र “तपाईँलाई साहेबले बोलाइबक्स्याछ, हिँड्नोस् रे” भन्यो ।

“मलाई बोलाउनु भएको ?” कोठाभित्र पसेपछि मैले घुम्ने कुर्सीमाथि बिराजमान उनै ‘महापुरुषलाई’ सोधेँ ।

“हिजो आउनुभएको तपाईँ होइन ?”

“मै हुँ ।”

“हिजो तपाईँले म उहाँको मान्छे हुँ भनेर भन्दै भन्नु भएन । मैले हिजो नचिन्नाले कुनै कठोर शब्द प्रयोग गरेँ हुँला, दुःख नमान्नोस् है ।” उनी मेरो अगाडि हात मल्दै थिए ।

म केही बोलिनँ । उनलाई टेलिफोनका घण्टीले राम्रै असर गरेछ भन्ने अनुमान लगाएँ ।

“बस्नोस्, तपाईँले चाहे बमोजिम सरुवाका लागि मैले शाखा अधिकृतलाई अह्राइसकेको छु, एकैछिन्मा पत्र तयार हुन्छ ।”

त्यसपछि उनले घण्टी बजाए । हिजैकै पिउन भित्र पस्यो ।

“दुई कप चिया लिएर आ ।”

“हस् हजुर” यसो भन्दै पिउन बाहिर गयो । म सोफामा बसेर हाकिमको हिजो र आजको व्यवहार तुलना गर्न लागेँ ।

+++



लघुकथाः  स्मरण
-ऋषि तिवारी 'लखन्तरे'

बा बैष्णव धर्म मान्नु हुन्थ्यो । मेरो कुनै पनि छोराछोरी बैष्णव हुन मानेन । बुढेसकालमा एउटा पनि छोरो बुहारी बैष्णव भै दिए कति खुशी हुन्थें म । अब कोही बैष्णव न हुने भए । यहि लखन्तरे सोझो छ । यसलाई बैष्णव बनाउँन बृदाबन हरि द्वार पठाउनु पर्यो । बा आमा सल्लाह गर्नु हुन्थ्यो ।

बा, आमालाई भन्ने- 'यो लखन्तरे पढ्दैन पनि लखर लखर हिड्छ । कहा जान्छ ? के गर्छ ? बरु एसलाई पण्डित्याइ गर्न हरिद्वार पठाइ दिऊ ।' आमा न मान्ने । 'अँह म पठाउँदिन मेरो लखन्तरे छोरोलाई । यो सोझो छ ।' बा त्यहिबेला झर्किनु भएको थियो आमासंग । 'तैंले एसलाई बिगार्ने भैइस ।'

संयोगले हरिद्वार बाट बाको गुरु त्यसैदिन साँझ हाम्रा घर आइपुग्नु भएको थियो । म लखन्तरे साँझमा घर आइपुगेको थिए । दिन मेरो गजब थियो । खान्थे, घुम्थे । भविष्य सोच्तिन्थे । 

बाले बोलाउनु भएको थियो छेऊमै । भन्न थाल्नु भो, 'लखन्तरे मलाई बैष्णव बनाउने गुरु हुनुहुन्छ । नारायण गर ।' म मनमनै चिसिएँ । 'पक्कै बाले अब मलाई बैष्णव बनाउने हुनु भो ।'

'नारायण गुरु ।' यति भने । गुरु र बा मुखामुख गर्न थाले । शायद बाले इशारा दिनु भएको थियो यहि छोरोलाई बैष्णव बनाउने । गुरुसंग भलाकुसारी गरे । सोझो भएपनि बोल्न र जित्न दिन सक्तिन्थे । भनें- 'गुरु बैष्णव कुनै खराब होइन । म संस्कृति पनि जान्दिनँ । बैष्णव न बनी पनि म बा आमाको सेवा गर्न सक्छु ।' मेरो ढिपीको अगाडी बा र गुरुको केहि सिप चलेनन् । आमा दैलोको कुनाबाट नियालेर मलाई औंलाको इशाराले भन्दै हुनुहुन्थ्यों । 'बाबु ठिक्क पारिस ।'

शायद आमाको ममता । मीठो पेटभरि खान दिने छोरो । उसबेला पण्डित नबने पनि यसबेला चाहिं साहित्यको पुजारी बनेछ । 

'विगतको स्मरणहरु किन सपनामा आइरहन्छ सानु ? काश मेरी ममतामयी आमा आज हुनु भएको भए । म कति खुशी दिन्थें । आफ्नै जीवनसंगीनीलाई म एसरी भन्दै थिए ।

● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७७|०२|१६

Comments

Popular posts from this blog

मिठा नेपाली कथा 28