interesting story 20
- Get link
- X
- Other Apps
लघुकथा
: लख !
मदन
पराजुली
" ए कान्छा ! गांजा भर ! भर ! " जेठाले कान्छो भाइलाइ अह्रायो ।
समान्य
गृहस्थीका यी चार दाजुभाइ सबै गंजडी थिए । मेहनतले खान पुगेको थियो । कसैमा
महत्वाकांक्षा पनि थिएन । चार दाजुभाइ बिचको प्रेम भने अद्भूत थियो । बिशेष
सम्पत्ति भन्नू बाजेको पाला देखिको एउटा सुनको फाली थियो , घरको
भितामा घुसारेर राख्थे । वर्षमा दुई पटक झिकेर चारै दाजुभाइले खेलाउथे फेरि त्यही
राखेर लिपेर नदेखिने बनाउथे । यो पटक हेर्दा भने त्यहा थिएन! चोरी भएछ ।
कान्छाले
दिएको चिलिमबाट एक सर्को लगाएर जेठाले फाली पूर्व गएको बतायो , माहिलाले
एककोसको दुरी देखायो , साहिलाले गाउको नाम बतायो , कान्छाले
अन्तिम सर्को लगाएर त चोरको नाम समेत भनिदियो !! यत्तिको दैबी क्षमता थियो
उनिहरुमा । चोरको दुर्भाग्य !
चारैजना
दाजुभाइ रन्केर चोर भएको ठाउँमा पुगे । चोरलाइ समातेर लतार्दै थानामा पुर्याएर
उजुर गरे " यसले हाम्रो पुर्ख्यौली दुइटा सुनको फाली चोर्यो ।"
थानेदारको
अजङ्गको लौरो देख्दै डराएको चोरले एउटा फाली मात्रै चोरेको सकार गर्यो ।
दाजुभाइको गांजाको दलिल र चोरको नमिल्दो साबिती बिचार गर्दा मुद्दा राजा कहां
लैजानु पर्ने देखेर थानेदारले सबैलाइ राजा समक्ष पेश गर्यो । दुवै पक्षको कुरा
सुने पछि राजाले नपत्याएर भने " गांजा तानेर तिमीहरुले कसरी चोर चिन्न सक्यौ ?"
"सरकार हाम्रो लख छ । गांजा ताने पछि
हामीलाइ लख आउँछ ।" जेठाले भन्यो
" ल तिमीहरु एकछिन पर्ख !" राजा
भित्र गए । एकछिन पछि फर्केर गद्दीमा बस्दै भने " ल ! तिमीहरु आफ्नो लखले भन
म कहाँ गएर के गरेर आएं ?"
जेठाले
कान्छालाइ गांजा भर्न लगायो र चिलिम ताने पछि राजा तलामा गएको बतायो । माहिलोले
शयनगारमा गएको , साहिलोले खड्ग समातेको र कान्छाले
तरवार बिस्तरामा राखेर फर्केको बतायो । सबै मिल्यो ।
" ज्यु ,धन
सरकारको महाराज ! मैले एउटा फालीमात्रै चोरेको हो ! " चोरले रुदै भन्यो ।
" भैगो ! तिमीहरुको एउटा फाली पाइएको
छ , अर्को फाली म दिन्छु ! भयो ?"
राजाले
सोधे ।
" क्षमा रहोस सरकार ! चोरमाथी चकार
गर्नु एउटा बात , राजामाथी खेलागर्नु अर्को बात !
हाम्रो एउटा फाली मात्रै चोरी भएको हो । एउटा भए हामीलाइ पुग्छ !" चारैजना
कायल भए ।
" लैजाउ !" राजाले खुसी हुँदै
भने " मेरो जागीर संझनु । तिमीहरु जस्तो मान्छे काममा लिने अवस्था आउन सक्छ ।
त्यो बेला संझौँला !"
(लोककथा)
पोखरा, अर्चलबोट
२०७७.२.११
लघुकथा
: डेटिङ
सीता
बिष्ट कार्की(सीबिका)
"आज त अचाक्लि चिसो दिउसो घाम पनि लाग्दैन जस्तो छ ", धन्न दिवा क्लास भएको
भएर केहि राहत भो , रन्जुले
आफ्नो मम्मिसंग यि संवादहरु पोखी ।मौसमको के कुरा गर्छेस यस्तै हो कहिले घाम , कहिले पानी ,जाडो।
रन्जु
खाना खाएर कलेज जा, "ढिलो हुन थाल्यो , हेर
त ! घडी कति बज्यो ?" ल ल ठिक छ म गएँ , फोन
नगर्नु होला , कोर्स नभ्याइएकोले आज एकाउन्ट सरले
क्लासहरु सकिएपछी पनि पढाँउछु भन्नु भाछ।
आज
ढिलो हुन्छ होला मम्मी घर आउन हिड्ने बेला रन्जुले भनी , हैन
रन्जु तँ त छिटो आउनु कलेज सिद्विने बित्तिकै बाबाको पनि आज मिटिङ छ रे अफिसमा , भाइलाई
होमवर्क गराउनु पर्छ तैंले "। ऊ बोलिन शायद सुनिन होला हतार भएकोले ।
,
कलेज
पुग्दा घन्टी लागिसकेको थियो ।, यसो कक्षा कोठा नियाली ,ठाँउ
सबै प्याक भैसकेछ ! संकल्पले आफ्नो नजिक ठाँउ भएको ईशारा गर्यो ,उ
त्यही गएर बसी ।आज उनिहरु डेटिङ जाँदैछ्न ।तेस्रो पिरियड पछि घरमा कामको बहाना
पारेर कलेजबाट निस्के। रत्नपार्कको सुन्दर वगैचाको सौन्दर्यतामा हराएपछी खाजा खान
दरबार मार्गको एक नामी होटेलतिर छिरे ।
के
खाने रन्जु ?
तिमी
जे खान्छौ त्यहीँ ? वेटरले मेन्यू लिएर आयो ।
"अमेरिकन
चप्सी खाउँ है ", रन्जुले भनी
चिसो
के ल्याऊँ हजुर ,वेटरले भन्यो ,?
कोक
खाँउ है ,संकल्पले भन्यो"।
रन्जुले
टाउको हल्लाई,
वेटरले
खाजा र कोक ल्यायो
खाँदाखाँदै
रन्जु अलि हडबडाई ।
के
भो रन्जु ? संकल्प अल्मलियो ।
आज
दुई पिरियड छुट्यो है ?तिमीले गर्दा त हो नि संकल्प ," मलाई त मार्छन घर थाहापाए भने रन्जुले खेद मिश्रित भावमा भनी"
, मेरो मम्मी त साह्रै कडा हुनुहुन्छ "
संकल्पले
भन्यो मेरो आमा त गाँउमा हुनुहुन्छ ,बा विदेश ।
रन्जना
म तिमीलाई एउटा प्रश्न सोध्छु है , के तिमी मलाई साँच्चै माया
गर्छेउ र ? किन तिमीले माया गर्दैनौ र ?प्रतिप्रश्न
गरी रन्जनाले
हैन , म
गाँउको , तिमी शहरको भनेर नि !
अबदेखि
त्यस्ता कुरा नगर है , रन्जनाले भनी,
यत्तिकैमा
वेटर आयो र भन्यो, "तपाईहरुलाई पुगेको भए काउन्टरमा गएर
बिल पे गर्न सक्नु हुन्छ ", सायद ग्राहकहरु अरु
थपिँदैछ्न ।सर यता सिट खाली भो , एकजना युवती संग आइरहेको
पुरुषलाई संकेत गर्दै बस्ने सिट देखायो वेटरले । हिडने बेला आफ्नै बाबु एक
युवतीसंग मादक पदार्थमा देखेपछि रन्जना आत्तिएर बाबा भनी, दुवै
बाबुछोरी एकअर्कालाई हेरिरहे ।
टोखा
९, गोङ्गबु ,काठमाण्डौ
लघुकथा
: बदलाभाव
तुलसी
पण्डित
घरको
रखबारीको लागि भन्दै मैले घरमा एक कुकुर पालेको थिए ।कुकुर निकै चलाख थियो ।
बेलुका घरमा कोही मान्छे आउन दिदैनथ्यो । श्रीमान न भएकी म । मेरो रुपमा कति
लालायित थिए । त्यै भएर होला म सँग कतिले सम्पर्क बढाउन खोज्थ्ये । त्यस्तालाई पनि
यसले सातो खाएको थियो । मानौ ऊ मेरो बडी गार्ड हो ।
त्यस
कुकुरले सधियारी रामलालको घरमा पनि निकै रेखदेख गर्थ्यो । कैयन चोरलाई समातेर उसले
रामलाललाई बुझाएको थियो । आफ्नो गुनमा केही देलान् कि भन्ने आस गर्थ्यो उ ।
बेलाबेलामा गेटबाट छिरेर भित्र जान्थ्यो ।
कुकुर
गेटबाट भित्र आएको देखेर होला साहुले उसलाई खाना खान दिए । ककुर एकछिन् पछि रुँदै
कराउँदै घर आयो । निकै छट्पटीयो ।ह्वाल्ल छाद्यो ।दुबो खायो ।फेरि छाद्यो । धेरै
पटक छादे पछि कुकुरलाई केही सञ्चो भयो । ऊ आरामले सुत्यो ।मैले छादेको खाना गएर
हेरे सबै कालो थियो ।मैले छाने साहुले खानामा बिष राखेर दिएछन् ।
त्यसपछि
त्यो कुकुरले रामलालको घर जान त के त्यता पट्टि हेर्दै हेरेन ।न राती त्यो घरमा
आउने मान्छेलाई भुकेर लखेट्यो ।
एकदिन
साहुको घरमा चोर आएर सबै लट्टीपट्टी पारेर लगे ।जाने बेलामा साहुलाई थलै पर्ने गरि
पिटेर गए । कुकुरले सबै कुरा थाहा पाएको थियो । तर ऊ भुक्दै भुकेन ।
भोलि
पल्ट बिहान साहुले मलाई भनि रहेका थिए ।
झुम्की
तेरो कुकुर त के भएको हो आजकल ।पहिले त चोर आउँदा समातेर बुझाउँथ्यो ।आज त
लट्टीपट्टी पार्दा पनि भुक्दै भुकेन ।यी हेर्त आज राती सबै सम्पत्ति चोरले चोरेर
लगे ।जानेबेलामा मलाई थिलोथिलो बनाए ।
"हो र हजुर यी पशुहरुमा पनि बदलाभाव
हुदो रहेछ कि के हो ? मैले त बुझ्नै सकिन ।"
लघुकथाः
लुरे मान्छे
-ऋषि
तिवारी 'लखन्तरे'
मान्छे लुरे छु । शरिरमा बल नहोला । आत्मबलमा नि
कोरोना
भाइरस विश्व ब्यापी छ । लक डाउनको मार छ । काम न गर्ने घरमा छन् । घरभित्रै
थुनिएका छन् । म पनि थुनिएको थिएँ । तिनचार दिन थुनिएको थिएँ । त्यो थुनाइसंगै
शरिर ठिक लागेन । अल्छीपन, रोघाएको अनुहार । जीउडाल अशक्त । 'ओहो
रोगी पो बनाउछ कि?' खायो,
सुत्यो, बस्यो
शरिरमा पाचन न भएपछि के गर्ने ? काम गर्ने बानी छ । घर
बस्यो । के होला घर बसेर ? के गर्ला कोरोना भाइरसले ? आत्मबल
छ । बस जित्छु त्यहि धाउन्नमा थिएँ ।
पत्नी
आइन छेउमा । 'के फुलेको दाह्री राखेको ? आजदेखि
सबै अफिस लाग्ने भो रे । दाह्री काटेर चिटिक्क भएर अफिस जाने ।' उनले
अफिस लाग्छ भन्न थालिन् । अब फेरि मिहिनेतमा दौडिने पर्ने भो । मिहिनेत मेरो व्याम
हो । खै लेऊ मेशीन दाह्री काटौं । उनले तातो पानी,
मेशीन
सहित पत्ती ठिक्क पार्दिन ।
काट्दै
गए दाह्री । दाह्रीको साथ साथ चिउँडो पनि छिल्काएछु । पत्नी भन्थिन, 'के
साह्रो मेरो लोग्ने ? दाह्री काट्न पनि न आउँने ?'
म
भन्थें-'ह्या न कराउँन सैलुन खुल्ला भएको भए
तिमीले सिकाउँनु पर्छ ?' उनि फेरि भन्न थालिन्- 'त्यो
मोटो जुगां पनि मिलाउँनु । यो सानो कैचीले ।'
पत्तीले
चिउँडो काटे । अब यो सानो कैचीले जुङ्गा मिलाउँने कि नाक भित्र पसेर पो घोच्ने हो
कि ? तालिम प्राप्त छुइनँ म । दाह्री
काट्न । जुङ्गा मिलाउँन ।
पत्नीलाई
भने- 'दाह्री त चिउँडो काट्दै भएपनि काटें
। जुङ्गा चाहि होस होस यो लक डाउन भरि होस । मेरो जुङ्गा मोटै होस् । म लुरे
मान्छेलाई मोटै जुङ्गा होस । अलिक पातलो शरीरमा मोटो जुङ्गा देखेर काहीं कोरोना
भाइरस आफैं पो डराउँछ कि ?'
लागे
अफिस उहि तालिका । उहि समय लिएर । कामको जागरणले शरिर स्वफुर्त । कोरोना हार्दैछ, म
जित्दैछु । म जित्दैछु । आत्मबलले जित्दैछु ।
पत्नीको
फोन । 'के छ हजुर ? बजारतिर
लक डाउन कस्तो छ ?' मैंले भने- 'खुकुलो
छ ।' सैलुन पनि खुलेको रहेछ । चिया
पसलहरु पनि खुलेका रहेछन् । किराना पसलहरु खुलेका रहेछन् । सबै खुलेका रहेछन् ।
तर.... ? उनी भन्थिन्- 'तर....के
? मैंले यति भन्न भ्याएँ, 'तर लिमिट समय मात्र रहेछ ।'
● ●
विराटनगर-६
ममता-मार्ग ।
मितिः
२०७६|०२|१२
- Get link
- X
- Other Apps
Comments
good
ReplyDeleteNice
ReplyDelete