Posts

Showing posts from May, 2020

Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

interesting story 24

Image
लघुकथा :- चोखो तिलक तारामी “रेशाली” मेरो साथी बलुको घरमा सानो धार्मिक कार्यक्रम थियो। म उसको घर पुग्दा उसका छिमेकी र इष्टमित्रहरू पनि जम्मा भइसकेका थिए। सबै मिलेर पूजाको तयारी गर्दै थिए। पल्लो गाउॅंका पण्डित उमानन्दलाई पुरोहितको रुपमा बोलाइएको थियो। उनि पनि विहानको आठ बजे नै आइपुगेका थिए। हेर्दा निकै हृष्ट पुष्ट र खाइलाग्दो थिए। लामो टुप्पी र बटारिएको जुंगा उनको पहिचान थियो। उपस्थित सबैले उनलाई बाजे भनेर सम्बोधन गर्न थाले।  ००००००० पूजा पनि शुरु भयो। बलुका सबै परिवार पुरोहित बाजेले जे जे भन्छन्, त्यसै त्यसै गर्दै गए। हामीले पनि उनिहरूलाई सघायौं। लगभग एक बजेतिर पूजा सकियो। सबैले टिका ग्रहण गर्ने र प्रसाद खाने काम भयो। त्यसपछि सबैले खाना खाने तरखर गर्न थाले। अंकलले आन्टीलाई बोलाएर बाजेलाई पनि खानाको ब्यवस्था गर्न लगाउनु भयो। ०००००००००० आन्टीले काॅंसको थालीमा भात, तरकारी र अचार अनि कचौरामा दाल ल्याएर टेबलमा राख्दै भन्नु भयो, “ल बाजे, भुजा ज्युनार होस्।” पुरोहित बाजे कुर्सीमा बस्दै बोले, “तिमीहरूले पकाएको खाना जुठो हुन्छ। नचोख्याइकन मैले खान हुन्न।” “हैन बाजे! मैले आज विहानै नुहाएर मात्र प

interesting story 23

Image
लघुकथा : आई हेट यू ड्याड ! ---धनराज गिरी  ----डेराको बसाइ हो  प्रा.डा. सुदामाप्रसाद अधिकारीको,किन कि  समृद्ध गरिबीसित  सात पुस्ताले गहिरो नाता जोड़ेको हुनाले उनको खातामा --बैंकको ---चार अंकको बचत मुस्किलले हुन्थ्यो | युगको बजारभाउ हेरेर मात्र एक पुत्रीको अभिभावक बन्ने निर्णय गरे |सरकारी स्कूल,सरकारी कलेज नै छोरीको लागि चारधाम भयो | "अधिकारी सर " इज्जत ठूलो---किन कि आफ्नो विषयमा उनी पूर्ण दक्ष | "योग्यतालाई "कदर गरेर उनलाई "डीन " बनाइयो | त्यसपछि "दिन "शुरू भयो | पद बहाली भएको एक बर्षमा तीन तले घर किने |साथमा कार पनि | बेखबर  छोरी,किन कि एम ए पास गरेर उनी राजधानी बाहिर "दुर्गम "मा पढाउन गएकी |  -----छोरी ---उनको नाम पवित्रा अधिकारी | उनले आफ्नो पिताश्रीको "आर्थिक क्रान्ति "का बारेमा अनेक "कुसमाचार "सुन्न थालिन्|"जीवनभरि ईमानदारी र नैतिकताको पाठ पढाउने एक आदर्श गुरुको यो रूप ?" पवित्राको मनले पत्याएन | राजधानी आएर सरासर पिताश्रीको अफ़ीस पुगिन्|  " ड्याड, म हजूरसित एकान्तमा केही कुरा गर्न चाहन्छु |"  &

interesting nepali story 22

Image
लघुकथा: पश्चाताप    - विनाेद नेपाल ऊ एक्कासी जाेडले हाँस्याे । सुनेर वरपरका मानिसहरू ऊ तर्फ फर्किए । ऊ झनै जाेडले हाँस्न थाल्याे । मानिसहरू छक्क परे । कसैले भन्यो -'पागल जस्ताे छ' सुनेर ऊ उनीहरुतर्फ अगाडि बढ्यो । 'के भन्नुभाे रे ?' - उसले साेध्याे । जसले भनेका थिए उनकाे अनुहारको रङ्ग एकाएक परिवर्तन भयो । उसले उनैको अनुहारमा  हेरेर भन्याे- ' गणतन्त्र दिवस मनाउन आउनुभएको हाेला हाेईन ? ' हाे' - उनीहरूले एकै स्वरमा भने । 'म हाेईन,'-उसले मञ्च तर्फ ईशारा गर्दै भन्याे ' उ त्यहाँ बस्नेहरु सब पागल, तिनका कुरा सुनेर ताली बजाउन तम्तयार यहाँहरु चाहिँ  महापागल' सुनेर उनीहरू छक्क परे । 'यहाँको परिचय ?'- उनीहरू मध्ये कसैले उसलाई साेध्याे । ' मेराे?' ' भन्न त मलाई शहीद भन्छन् ' 'यसैका लागि भएकाे आन्दोलनमा मारिएकाे हुँ,तर अचेल बित्थामा मरेंछु जस्ताे लाग्छ' २०७७।०२।१५ *लघुकथा :- प्रशंसा    रचना शर्मा सन्त नारायण  आफुलाई  निकै  महान व्यक्ति  ठान्दछन्। समाजमा निकै उदारता पनि देखाउँछन्।कसैले उनको प्रशंसा  गर्न नप

Interesting Nepali story 21

Image
लघुकथा : अरूको होइन धनराज गिरी         दिक्क हुनका  लागि  चाहिने  सामानहरू  घरबाहिर भन्दा घरभित्र बढ़ी थिए |घरभित्र लेखिएका कविताहरूमा कुनैमा  छन्द मिलेको थिएन | माइती पनि उस्तै | चित्त  बुझाउने कुरा  उही फेसबुक |  फेसबुकमा भने केही रमाइला कुराहरू पनि  आउने | परिवारका अरू सदस्य  आ --आफ्नो संसारमा हराएको बेलामा सुन्तलीले  फेस बुक खोली | "लाइभ "मा  स्वामी चतुरानन्द चित्तहर हरेककाल स्त्रीदर्शी ---प्रवचनमा  मग्न ---८८ भावक, धाराप्रवाह प्रवचन :  हे मुमुक्षुको कामना गर्ने परमात्माका पवित्र सन्तान,हे जागरुक आत्माहरू, यो  "मान्छे "हो  यो  मान्छे अचम्मको जात हो,यहाँ एक बुद्ध जन्मिए लाखौं हिटलर जन्मिने कुरा पक्का हो | एउटा दानी जन्मिए  लोभी र पापीहरू अनन्त जन्मिने  पनि पक्का हो |हाम्रा शरीरका  अंगहरू पनि स्वार्थी,अमूर्त मन पनि स्वार्थी |हामी मान्छे अचम्मको स्वार्थी,  हामी प्रगति चाहन्छों ---अरूको होइन |हामी तारीफ़को प्रतीक्षामा हुन्छों ---अरूको होइन |हामी आफूलाई  मात्र ---मात्र आफूलाई "ठीक "मान्ने मनोरोगबाट ग्रस्त भएको धेरै भयो | के  अरूको बारेमा  राम्रो सुनेर  हाम्

interesting story 20

Image
लघुकथा : लख ! मदन पराजुली " ए कान्छा ! गांजा भर ! भर ! " जेठाले कान्छो भाइलाइ अह्रायो । समान्य गृहस्थीका यी चार दाजुभाइ सबै गंजडी थिए । मेहनतले खान पुगेको थियो । कसैमा महत्वाकांक्षा पनि थिएन । चार दाजुभाइ बिचको प्रेम भने अद्भूत थियो । बिशेष सम्पत्ति भन्नू बाजेको पाला देखिको एउटा सुनको फाली थियो , घरको भितामा घुसारेर राख्थे । वर्षमा दुई पटक झिकेर चारै दाजुभाइले खेलाउथे फेरि त्यही राखेर लिपेर नदेखिने बनाउथे । यो पटक हेर्दा भने त्यहा थिएन! चोरी भएछ । कान्छाले दिएको चिलिमबाट एक सर्को लगाएर जेठाले फाली पूर्व गएको बतायो , माहिलाले एककोसको दुरी देखायो , साहिलाले गाउको नाम बतायो , कान्छाले अन्तिम सर्को लगाएर त चोरको नाम समेत भनिदियो !! यत्तिको दैबी क्षमता थियो उनिहरुमा । चोरको दुर्भाग्य ! चारैजना दाजुभाइ रन्केर चोर भएको ठाउँमा पुगे । चोरलाइ समातेर लतार्दै थानामा पुर्‍याएर उजुर गरे " यसले हाम्रो पुर्ख्यौली दुइटा सुनको फाली चोर्‍यो ।" थानेदारको अजङ्गको लौरो देख्दै डराएको चोरले एउटा फाली मात्रै चोरेको सकार गर्‍यो । दाजुभाइको गांजाको दलिल र चोरको नमिल्दो साबिती बिचा